Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २६, २०८३
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
20
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

वर्तमान जिल्ला सभापति केदार भण्डारी, जिल्ला सचिव वीरेन्द्र साह, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति ऐयुव अन्सारी र इनरुवा नगर सभापति राजन मेहताले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै कार्यकर्तामाँझ आफ्नो पक्षमा समर्थन जुटाउन थालेका हुन् ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसभित्र वडा, गाउँ–नगर, प्रदेश निर्वाचन क्षेत्र र जिल्ला तहमा नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन् । सुनसरीमा पनि विभिन्न तहका नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गर्दै कार्यकर्तासँग भेटघाट र छलफललाई तीव्रता दिएका छन् ।

वर्तमान जिल्ला सभापति केदार भण्डारीले पार्टीभित्रको एकता, संगठन सुदृढीकरण र आगामी निर्वाचनलाई केन्द्रमा राखेर आफू दोस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवार बन्ने बताएका छन् ।

इनरुवा नगरपालिकाका मेयरसमेत रहेका भण्डारीले पार्टीका सबै नेता तथा कार्यकर्तालाई एउटै ठाउँमा उभ्याएर संगठनलाई थप बलियो बनाउने आफ्नो प्राथमिकता रहेको बताए ।

‘पार्टीभित्र विचार र समूह फरक हुन सक्छन्, तर संगठन बलियो बनाउन सबै कांग्रेसजन एक ठाउँमा उभिन आवश्यक छ,’ भण्डारीले भने, ‘पहिलो कार्यकालमा सुरु भएका संगठन निर्माणका कामलाई निरन्तरता दिँदै पार्टीलाई आगामी निर्वाचनका लागि अझ मजबुत बनाउने योजनासहित दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने तयारीमा छु ।’

उनले स्थानीय तहदेखि जिल्ला तहसम्म पार्टी संगठनलाई व्यवस्थित बनाउने, युवा तथा नयाँ पुस्तालाई कांग्रेसको मूलधारमा जोड्ने र कार्यकर्ताको समस्या समाधानमा जिल्ला नेतृत्वलाई थप सक्रिय बनाउने आवश्यकता रहेको बताए ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वस्थ लोकतान्त्रिक अभ्यासका रूपमा लिएर चुनावपछि सबैलाई समेटेर अघि बढ्ने बताए ।

जिल्ला सचिव वीरेन्द्र साहले आफू गढी गाउँपालिकाबाट कांग्रेसको प्रतिनिधित्व गर्दै जिल्ला सभापतिको उम्मेदवार बन्ने बताएका छन् । जिल्ला कार्यसमितिको सचिवका रूपमा काम गरेको अनुभव, संगठन सञ्चालनको अभ्यास र लामो समयदेखि पार्टीमा सक्रिय रहेको आधारमा आफ्नो दावेदारी स्वाभाविक रहेको उनको भनाइ छ ।

‘जिल्ला कार्यसमितिमा सचिव भएर काम गर्दा संगठनका धेरै तह र कार्यकर्तासँग प्रत्यक्ष रूपमा जोडिने अवसर पाएको छु, साहले भने, ‘कांग्रेसमा लामो समयदेखि सचिव पदमा काम गरेका नेताहरू सभापतिका स्वाभाविक दावेदार बन्ने परम्परा पनि रहँदै आएको छ । त्यसैले यसपटक जिल्ला सभापतिमा मेरो उम्मेदवारी निश्चित छ ।’

क्षेत्र नं. ४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले जिल्लाभरका नेता तथा कार्यकर्ताको आग्रह र आफ्नो लामो राजनीतिक अनुभवका आधारमा जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका छन् । कोशी गाउँपालिकाका अध्यक्षसमेत रहेका अन्सारीले नेविसंघबाट विद्यार्थी राजनीति हुँदै तरुण दल र कांग्रेसको गाउँ तथा क्षेत्रीय संगठनमा काम गरेको अनुभवलाई जिल्ला नेतृत्वमा उपयोग गर्ने बताए ।

‘सुनसरी क्षेत्र नं. ४ मा मात्रै होइन, जिल्लाका विभिन्न तहका कार्यकर्तालाई एकताबद्ध बनाएर लैजाने सवालमा लामो समयदेखि सक्रिय छु, अन्सारीले भने, जिल्लाभरीका कार्यकर्ताको आग्रह र संगठनलाई थप व्यवस्थित बनाउने आवश्यकताका कारण जिल्ला सभापतिमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’

नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हुँदै कांग्रेसको गाउँ, क्षेत्र र जिल्ला तहको संगठनमा काम गरेको अनुभवले आफूलाई पार्टी सञ्चालनको व्यवहारिक ज्ञान दिएको उनको दाबी छ । कठिन राजनीतिक परिस्थितिमा पनि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचनमा पार्टीलाई जिताउन क्षेत्रीय तहबाट भूमिका निर्वाह गरेको उल्लेख गर्दै अन्सारीले त्यही अनुभवलाई जिल्लाभर विस्तार गर्ने बताए ।

‘जिल्ला सभापति भनेको एउटा समूहको मात्र नेता होइन, सबै कांग्रेस कार्यकर्ताको साझा अभिभावक बन्न सक्नुपर्छ,’ अन्सारीले भने, ‘निर्वाचनमा पार्टीलाई जिताउने गरी संगठन निर्माण, कार्यकर्ताको सम्मान र सबै तहका नेतृत्वबीच समन्वय मेरो मुख्य प्राथमिकता हुनेछ ।’

इनरुवा नगर सभापति तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले पनि युवाको नेतृत्वमा कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउन आफू जिल्ला सभापतिको दौडमा आएको बताएका छन् । उनले नेता तथा कार्यकर्ताको आग्रह र समयको मागअनुसार आफूले उम्मेदवारी दिने निर्णय गरेको बताए ।

‘कांग्रेसलाई अब नयाँ ऊर्जा, नयाँ सोच र पुस्ताबीचको समन्वयका साथ अघि बढाउन आवश्यक छ,’ मेहताले भने, ‘युवा पुस्तालाई नेतृत्वमा अवसर दिँदै अनुभवी नेताको मार्गदर्शन र नयाँ पुस्ताको ऊर्जालाई जोडेर जिल्लामा बलियो संगठन निर्माण गर्ने मेरो उद्देश्य हो ।’

नेविसंघको विद्यार्थी राजनीतिबाट पार्टीमा सक्रिय हुँदै नगर, वडा र जिल्लाका विभिन्न तहका नेता तथा कार्यकर्तासँग निरन्तर समन्वयमा रहेर काम गरेको अनुभवलाई उनले आफ्नो उम्मेदवारीको आधारका रूपमा प्रस्तुत गरेका छन् । आफू निर्वाचित भए पार्टीभित्रको आन्तरिक विभाजन कम गर्दै कार्यकर्तालाई पार्टी संगठनसँग प्रत्यक्ष जोड्ने उनको भनाइ छ ।

‘पार्टीभित्र फरक विचार र समूह हुनु स्वाभाविक हो, तर संगठन र निर्वाचनका बेला कांग्रेस एउटै ढिक्का हुनुपर्छ,’ मेहताले भने, ‘जिल्लाको नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्न सक्नुपर्छ । यही उद्देश्यका साथ सभापतिमा उम्मेदवारी दिने तयारी गरेको हुँ ।’

सुनसरीमा चार नेताले सभापतिमा दावेदारी प्रस्तुत गरेसँगै जिल्लामा कांग्रेसको आन्तरिक राजनीति थप चलायमान भएको छ । वडा तहदेखि नै महाधिवेशन प्रतिनिधि छनोट र नेतृत्वका लागि आन्तरिक समीकरण बन्न थालेका छन् । जिल्ला सभापतिका आकांक्षीहरूले पनि आफ्नो पक्षमा समर्थन जुटाउन नेता तथा कार्यकर्तासँग भेटघाटलाई प्राथमिकता दिएका छन् ।

यसपटकको महाधिवेशनमा संस्थापन र संस्थापनइतर दुवै पक्षले आफ्नो प्रभाव विस्तार गर्ने रणनीति बनाइरहेका छन् । जिल्लाका विभिन्न तहमा उम्मेदवारी घोषणा गर्ने क्रमसमेत सुरु भएको छ । आकांक्षीहरूले संगठन सुदृढीकरण, गुटगत विभाजन अन्त्य, युवा सहभागिता, कार्यकर्ताको सम्मान र आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने विषयलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् ।

कांग्रेसभित्र १५औँ महाधिवेशनको प्रक्रिया र विशेष महाधिवेशनको आधिकारिकतालाई लिएर विवाद कायमै छ । क्रियाशील सदस्यता, प्रतिनिधि छनोटलगायतका विषयमा पनि पार्टीभित्र मतभेद रहेका छन् । यस्ता विवादका बीच सुनसरीमा भने जिल्ला नेतृत्वका आकांक्षीहरू कार्यकर्तामाझ पुगेर आफ्नो पक्षमा वातावरण बनाउन सक्रिय भएका छन् ।

Share8Tweet5SendScan
Previous Post

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In