Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

चितवन राष्ट्रिय निकुञ्जमा छ महिनाभित्र २० गैंडा मरे

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ४, २०७७
in समाचार
चितवन राष्ट्रिय निकुञ्जमा छ महिनाभित्र २० गैंडा मरे
73
SHARES
Share on FacebookShare on Twitter

कुलप्रसाद काफ्ले
चितवन । दुर्लभ एकसिंगे गैंडाको मर्ने क्रम बढेको छ। चितवन राष्ट्रिय निकुञ्जमा यस आर्थिक वर्ष ०७७-७८ को छ महिनामा २० गैंडा मरेका छन्। शिकारीले मात्रै चार वटा गैंडा मारेका छन्।

शिकारीहरु पक्राउ परिसकेका छैनन्। निकुञ्जले अनुसन्धान गरिरहेको छ। गत आर्थिक वर्ष ०७६-७७ मा निकुञ्जमा २६ वटा गैंडा मरेका थिए। गत आवमा शिकारीले गैंडा मार्न पाएका थिएनन्।

पछिल्लो छ महिनामा निकुञ्जले १४-१५ वर्ष अगाडि गैंडाको शिकार गरी खाग तस्करीमा संलग्न भई फरार रहँदै आएका दुई शिकारीलाई पक्राउ गरेको छ।

भरतपुर–२६ दिव्यनगर घर भएका सूर्य महतो भन्ने सुरज चौधरीलाई निकुञ्जले राप्तीको खुरखुरेबाट पक्राउ गरी जेल चलान गरेको हो। गैंडाको शिकार गरी खाग तस्करी गरेको आरोपमा निकुञ्जले उनीविरुद्ध ०६२ साल असोजमा मुद्दा दायर गरेको थियो।

०६४ पुसमा भएको फैसलाले उनलाई १५ वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। त्यस्तै, निकुञ्जका सुरक्षाकर्मीले गैंडा शिकारीमा संलग्न माडीका शनिचरा महतोलाई पक्राउ गरी कारागार पठाएको छ।

यस आवको पुस मसान्तसम्ममा निकुञ्जमा मरेका २० गैंडामध्ये प्राकृतिक कारणले १६ वटा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए।

एउटा गैंडा चुरेको घाँचबाट लडेर मृत्यु भएको हो। तीन वटा बच्चा गैंडा मरे। बाघको आक्रमण, भाले गैंडाले हानेर र माउ गैंडाबाट लामो समयसम्म छुट्टिएर बस्दा एक-एक वटा बच्चा गैंडा मरेको उनले बताए। बाँकी आठ वडा गैंडाहरु बुढो भएर मरेको उनको भनाइ छ।

शिकारीले हानेको गोली लागेर भदौ १७ गते एउटा, कार्तिक १९ गते दुई वटा र कार्तिक २० गते एउटा गैंडा मृत भेटिएको हो। कार्तिक १९ गते भेटिएका गैंडा माउ र बच्चा हुन्। दुवै गैंडाको शरिरमा गोली लागेको थियो। उनीहरुको खाग पनि नभेटिएको उनले बताए।

‘भदौ १७ मा चाँहि गैंडामाथि शिकारीले आक्रमण गरेको तर खाग लैजान नपाएको हो’, उनले भने। भदौ १७ गते खाग लैजान नपाएपछि शिकारीले कार्तिक १९ गते गैंडाको माउ र बच्चालाई पुनः आक्रमण गरेको हुन सक्ने निकुञ्जको अनुमान छ।

‘कार्तिक २० गते भेटिएको एउटा गैंडा चाँहि गत आवमै मारिएको हो कि भन्ने आँकलन छ’, उनले भने, ‘भेट्न त यो वर्ष भेटियो। हाडखोर मात्रै भेटिएकाले पुरानै हुन सक्छ।’

भदौ १७ गते निकुञ्जको पश्चिमी अमलटारी सेक्टरको रातो घोल क्षेत्रमा मृत अवस्थामा गैंडा भेटिएको हो। त्यसपछि शिकारीले कार्तिक १९ गते निकुञ्जको पश्चिमी अमलटारी सेक्टरकै मर्दि घोल इलाकामा दुई गैंडा मारेका हुन्। कार्तिक २० गते कसरा सेक्टरको सिसुवार पोष्ट नजिक गैंडाको हाडखोर मात्रै बाँकी रहेको अवस्थामा भेटिएको उनले बताए।

‘गैंडा शिकारीलाई पक्राउ गर्ने सन्दर्भमा निकुञ्ज अनुसन्धानकै क्रममा छ’, उनले भने, ‘अरु कुरा शेयर गर्न सक्ने अवस्थामा छैनौँ।’ कोभिड–१९ र बर्खामा नदिमा आएको बाढीले गर्दा गैंडाको सुरक्षा प्रभावकारी हुन नसकेको उनले स्वीकार गरे।

‘त्यतिबेला बाढीले गर्दा सुरक्षा पोष्टहरु स्थानान्तरण भएको बेला शिकारीले मौका पारे’, उनी भन्छन्, ‘एउटा कारण कोभिड–१९ पनि भयो र अर्को भनेको चाँहि शिकारीहरु जेलबाट धमाधम छुट्नु नै हो।

’गैंडाको चोरी शिकारी मुद्धामा जेलसजाय भोगेर छुटेका केहि शिकारीहरुले पुनः गैंडा मारेको हुन सक्ने निकुञ्जको अनुमान छ।

कमजोर आर्थिक अवस्था भएका स्थानीयलाई थोरै पैसाका लोभ दिएर चोरी शिकारीका घटना गराइएको निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना बताउँछन्।

‘वन्यजन्तुको संरक्षण गर्न निकुञ्ज र जनताबीच समन्वय गर्ने हाम्रो काम हो’, उनी भन्छन्, ‘गैडा मर्नु दुःखद कुरा हो । मध्यवर्ती क्षेत्रमा गलत क्रियाकलाप गर्ने मान्छे छन् भने सूचना सम्प्रेणष गर्ने र जनतामा निकुञ्जप्रतिको गलत धारणा हटाउने गरी काम गरिरहेका छौँ।’

गैंडा लगायतका वन्यजन्तुको संरक्षणका लागि निकुञ्ज आसपास बसोबास गर्ने नागरिहरुलाई जिविकोपार्जनमा सहयोग गर्नुपर्ने उनले बताए।

‘स्थानीयलाई जिविकोपार्जन र आयआर्जनमा बैकल्पिक उपाय दिएर वन्यजन्तुको संरक्षणमा लगाउन सकिन्छ’, उनले भने, ‘त्यसले मानव–वन्यजन्तु बीचको द्धन्द अन्त्य हुन्छ र चोरी शिकारी पनि कम हुन्छ।

’सन् २०१५ को गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैंडा छन्। सरकारले आगामी चैतदेखि गैंडाको गणना गर्ने तयारी गरेको छ।

Tags: गैंडा मरेगैंडामाथि शिकारीले आक्रमण गरेकोचितवन राष्ट्रिय निकुञ्ज
Share29Tweet18SendScan
Previous Post

नम्बर एक वरीयताका रत्नजितलाई पराजित गर्दै युवा खेलाडी प्रिन्स फाइनलमा

Next Post

प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

प्रिमियर लिग : चेल्सीको संघर्षपूर्ण जित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In