Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

सीमा सुरक्षा गर्नु प्रमुख जिम्मेवारी : पौडेल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २५, २०७७
in फाेटाे फिचर, मुख्य खबर
सीमा सुरक्षा गर्नु प्रमुख जिम्मेवारी : पौडेल
65
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सीमानाकामा खटिएको सशस्त्र प्रहरीले सीमाको सुरक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताएका छन् ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ नम्बर वडाको उल्टीमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना समारोहलाई सम्वोधन गर्दै पौडेलले सीमा नाकामा खटिएको सशस्त्र प्रहरीहरुले सीमाको सुरक्षासँगै जनतालाई सुरक्षाको प्रत्याभूती दिइरहेको बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सुनसरीमा १० औं बीओपीको उद्घाटन गर्दै उनले भने नेपालको १ सय ९४ औं बीओपी र सुनसरीको १० औं बीओपीको रुपमा रहेको भोक्राहा नरसिंहको उल्टीमा आफूले उद्घाटन गर्न पाएको बताए ।

मुलुकमै यो वर्षमा २ सय २१ वटा बीओपी स्थापना गर्ने लक्ष्य सरकारको रहेको हुदाँ भोक्राहा नरसिंह लगाएर १ सय ९४ वटा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना भएको पौडेलले बताए ।

आमनागरिकबाट सहयोग पाए मुलुकमै ५ सय बढी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना गर्न कुनै समस्या नहुने पौडेलको भनाई छ । सशस्त्र प्रहरीले जनताको सेवा, सुरक्षा र उद्धार गर्न कुनै कसर बाँकी नराख्ने सप्रअमनि पौडेलले बताए ।

मुलुक अहिले बिकट परिस्थितीमा गुज्रिरहेको हुदाँ नेपाल भारतको सीमा नाका बन्द गरेको र आउजाउ गर्न नदिएकोमा कसैले अप्ठयारो नमानी सशस्त्र प्रहरीलाई सहयोग गर्न अपलि गर्दै वहाँले कोरोना भाइरस नियन्त्रणका लागि कडाई गरिएको समेत जानकारी दिए ।

सशस्त्र प्रहरीले नेपाल भारत सीमानाका पिलरको सुरक्षा गर्ने, अनुगमन गर्ने र कोरोना भाइरसको समयमा तराई, हिमाल र पहाडमा सशस्त्र प्रहरीले इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारी पूरा गरिरहेको समेत उनले बताए ।

सीमा नाकामा राज्यले दिएको जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी खटिरहेको छ उनले भने सीमानाकामा सर्वसाधारणहरुलाई आउजाउ गर्न नदिएको र नेपालीहरुले संक्रमण र क्षति नपुगोस भनेर यसलाई नियन्त्रण गर्न लागि सरकार लागि परेको उनले बताए ।

अविश्वासको वातावरण सिर्जना नगर्न र सहज वातावरणमा सशस्त्र प्रहरीलाई काम गर्न दिनका लागि सबैको साथसहयोग र मायाको आवश्यकता भएको बताउँदै पौडेलले जनतासँग सशस्त्र प्रहरीले हातैमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् ।

जनतालाई सीमानाकामा दिनुपर्ने सेवा सुविधा र सहयोग लागि सधैं तयार रहेको छु उनले भने सशस्त्र प्रहरीको मुख्य काम वोर्डर ब्यवस्थापन र सुरक्षा गर्नुको साथै आमनागरिकलाई सुरक्षाको प्रत्याभूती दिलाउनु हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट स्थापना भएपछि सामाजिक अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्ने र जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि स्थापना भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए ।

बीओपी स्थापना भएपछि नेपालीहरुको लागि सहज भएको उनले बताए । भोक्राहा नरसिंह गाउँपालिका ८ नम्बर वडाको उल्टी नेपाल भारतसँग जोडिएको पालिका भएको हुदाँ सुरक्षा दृष्टिकोणले बालियो नभएको अवस्थामा बीओपी स्थापना गरी शान्ति सुरक्षा र सीमाको रक्षाको लागि गरिएको उनले बताए ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले सुनसरीमा ७ वटा थप बीओपी स्थापना गर्ने लक्ष्य रहेको बताए ।

बर्जु गाउँपालिकामा १ वटा, कोशी गापामा ३ वटा, हरिनगर गापामा २ वटा लगायतको पालिकाहरुमा स्थापना गर्ने मध्ये भोक्राहा नरसिंह र हरिनगरमा जग्गा भेटिएकोले पालिकाका अध्यक्षहरुलाई धन्यवाद दिएका छन् ।

उल्टीको भवन निर्माण गर्नका लागि भोक्राहा नरसिंह गापाबाट ५ लाख र अन्यबाट २५ लाख बराबरको निर्माण सामाग्री सहयोग पाएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

सशस्त्र प्रहरी सीमासुरक्षाका मात्रै पात्र नभएर यहाँका जनता पनि सीमा सुरक्षाका पहरेदार हुन् उनले भने ‘सशस्त्र प्रहरी बर्दी सहितको सीमा रक्षक हो भने यहाँका सम्पूर्ण नागरिक बिना बर्दीको सीमा रक्षक हुन् भन्ने कुरालाई आत्मसाथ गरेको छु ।’

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले यस वडामा बीओपी स्थापना गर्न आफूले सहयोग गरको बताए । बीओपी स्थापना भएपछि जनताको जनधनको सुरक्षा हुने भएको हुँदा ठूलो उपलब्धी भएको बताए ।

यादवले चोरी र तस्करी नियन्त्रण गर्न तथा सीमा सुरक्षाका लागि खटाइएको सशस्त्र प्रहरीले इमान्दार भएर काम गर्नका लागि सुझाव दिदैं गलत क्रियाकलाप गर्नेलाई प्रश्य नदिनका लागि अनुरोध समेत गरेका थिए ।

 

Share26Tweet16SendScan
Previous Post

फेसबुक म्यासेन्जरमा समस्या, लाखौं युजर्स सेवा लिनबाट बञ्चित

Next Post

इटहरी सम्मेलन सम्पन्न

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इटहरी सम्मेलन सम्पन्न

इटहरी सम्मेलन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In