Thursday, July 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

एम्बुलेन्सको ठक्करबाट घाइते भएको पाटेबाघ अझै भेटिएन

खोजी गर्न हात्ती सहितको टोली परिचालन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १७, २०७७
in FEATURE, समाचार
एम्बुलेन्सको ठक्करबाट घाइते भएको पाटेबाघ अझै भेटिएन
29
SHARES
Share on FacebookShare on Twitter

बर्दिया । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र एम्बुलेन्सले ठक्कर दिँदा घाइते भएको वयस्क पाटेबाघ अझै भेटिएको छैन।

निकुञ्जभित्र पर्ने राजमार्गको रम्मापुर–सैनवार सडकखण्ड बीचमा पर्ने बबई पुलदेखि पूर्व बुढी खोला नजिक एम्बुलेन्सको ठक्करबाट शनिबार बिहान घाइते भएको पाटे बाघ अफै नभेटिएको निकुञ्ज प्रशासनले जनाएको छ।

नेपालगञ्जबाट पश्चिम तर्फ जाँदै गरेको से १ च २४२१ नम्बरको एम्बुलेन्सले बुढी खोलानजिक पाटे बाघलाई ठक्कर दिएको थियो। एम्बुलेन्सले बाघलाई ठक्कर दिए लगत्तै एम्बुलेन्स चालकले बाघ घाइते भएको निकुञ्ज प्रशासनलाई खबर गरेका थिए। एम्बुलेन्स चालकले खबर गरेलगत्तै निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको टोलीले घाइते भएको बाघको खोजी गरिरहेको छ।

‘घटनास्थल राजमार्गमा बाघको रगत थियो, एम्बुलेन्समा बाघको रौँहरू पनि टाँसिएको थियो, त्यसैले बाघ आफू पनि जोखिममा र हिँडडुल गर्नेहरूका लागि पनि जोखिम हुने भएकाले घटनास्थल आसपासमा सेनासहित निकुञ्जको टोली खटिएको र घाइते बाघको खोजी भइरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीमकुमार थापाले बताए।

बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वाराबाट घटनास्थलतर्फ घाइते बाघको खोजीका लागि ३ वटा हात्ती सहितको टोली र स्वीप गस्ती समेत खटिएको छ। हात्तीको सहायताबाट आइतबार बिहानैदेखि घाइते बाघको खोजी शुरू गरिएको भएपछि अझै नभेटिएको सहायक संरक्षण अधिकृत थापाले बताए। एम्बुलेन्स र चालक निकुञ्जले नियन्त्रणमा लिएको छ।

पूर्व(पश्चिम राजमार्ग भित्र पर्ने बर्दिया निकुञ्जको अम्रेनी चिसापानी सडकको बीचमा यसअघि बस र कारको ठक्करबाट दुई वटा बयस्क पाटे बाघ मरेका छन् भने मोटरसाइकलमै सवार एक महिलाको ज्यान गएसँगै दुई महिनादेखि लगातार रुपमा राजमार्ग छेउमा पाटे बाघ देखिन थालेका छन्।

निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ(बायाँ ३१र३१ मिटर क्षेत्र तत्कालका लागि झाडी सफा गर्नुपर्ने स्थानीयको माग छ। निकुञ्जभित्र पर्ने राजमार्ग र खाता जैविक मार्ग क्षेत्रमा पर्ने हुलाकी सडकमा यथासक्य छिटो वन्यजन्तुमैत्री संरचना बनाउन संरक्षणकर्मीहरूले माग गरेका छन्।

यस्तै, निकुञ्ज अन्तरगत पर्ने राजमार्गमा एम्बुलेन्स बाहेकका सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ। निकुञ्ज अन्तरगत पर्ने राजमार्गको रम्मापुर–सैनवार खण्ड र अम्रेनी चिसापानी खण्डमा टाइम कार्ड लागू गरिएको छ।

अहिले एम्बुलेन्सले बाघलाई ठक्कर दिएपछि एम्बुलेन्सले बिरामी बोकेको खण्डमा बाहेक अन्य समयमा एम्बुलेन्समा पनि टाइम कार्ड लागू गरिनुपर्ने संरक्षणकर्मीहरूबाट आवाज उठ्न थालेको छ।

Share12Tweet7SendScan
Previous Post

गृहमन्त्री थापाले स्वकीय सचिव तामाङलाई पदबाट हटाए

Next Post

तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेको खुलासा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
मानिस बन्धक बनाई फिरौती रकम माग गर्ने पक्राउ

तस्करलाई जेलबाट छुटाउन युवाको अपहरण गरेको खुलासा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार २५, २०८३
Thu, July 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In