Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगर गाउँपालिकाद्वारा दुई पत्रकार सहित दर्जनौ सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगर गाउँपालिकाद्वारा दुई पत्रकार सहित दर्जनौ सम्मानित
65
SHARES
Share on FacebookShare on Twitter

भुटाहा । हरिनगर गाउँपालिकाले आ.व. २०७८÷०७९ को बजेट नीति तथा कार्यक्रम आठौं गाउँ सभा सम्पन्न गरेको छ ।

कार्यक्रमका अवसरमा विभिन्न संचारको माध्यमबाट हरिनगर क्षेत्रको समग्र विकास निर्माणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दैप्रतिक्षण दैनिकका कार्यकारि सम्पादक, एभिन्यूज टेलिभिजनका समाचार सम्वाददाता तथा सुनसरी अनलाइनका कार्यकारी सम्पादक टोमराज मेहता र बर्णमाला दैनिकका सम्वाददाता, विराट टेलिभिजनका कार्यक्रम प्रस्तोता र सम्वाददाता तथा स्मार्ट २४ न्यूजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक तथा सम्पादक नसीम अन्सारीलाई हरिनगर गाउँपालिकाबाट सम्मानित भएका छन् ।

विगत लामो समयदेखि हरिनगरबाट पत्रकारिता गर्दै आएका सुनसरी जिल्ला सदरमुकाम इनरुवालाई केन्द्र बनाएर नेपाल प्रेस युनियन इनरुवा नगर संयोजक समेत रहेका पत्रकार मेहतासहित कोषाअध्यक्ष अन्सारीलाई समेत सम्मान गरिएको हो ।

कार्यक्रममा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले ५१ करोड, ८६ लाख, ४ सय रुपैयाँ बराबरको सिमा भित्र रहेर बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आठौ गाउँसभा सम्पन्न गरेको हो । गाउँपालिकाले सार्वजनिक गरेको बजेटको प्राथमिक्तामा स्वास्थ्य र शिक्षाको गुणस्तर अभिवृद्धि, गरिव भूमि बिहिन तथा अशक्तमैत्री कार्यक्रम, रहेका छन् ।

त्यस्तै औधोगीकरण तथा युवा रोजगारीको अवसरमा वृद्धि, आर्थिक तथा सामाजिक विकासमा वृद्धि, भौतिक पूर्वाधार निर्माण एवम् स्तरोन्नती रहेका छन् ।

बजेटमा कृषिको आधुनिकीकरण, विशिष्टीकरण तथा व्यवसायीकरणमा प्राथमिक्ता दिइएको छ । लक्षित तथा विपन्न वर्गको सशक्तिकरण, सुरक्षित आवास र क्षमता विकास, सेवा प्रभावमा प्रभावकारिता र सुशासनमा प्राथमिक्ता दिइएको छ ।

हरित, उज्यालो,मजदुर मैत्री, बन्द निषेधित र सुन्दर गाउँ साथै पर्यटकीय गन्तव्यहरुको उजागर गरी आर्थिक विकास, विपद् व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रलाई बजेटले प्राथमिक्ता दिएको हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बाहादुर खड्काले बताएका छन् ।

सोही अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा हरिनगर गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक रिमझिम कुमारी भगत , प्रशासन अधिकृत सुजन ढुङ्गले, लगायत ११ जना गाउँपालिकाका विभिन्न तहका कर्मचारी सम्मानित भएका छन् ।

त्यसैगरी सम्मानित हुने कर्मचारीहरुमा योजना शाखा प्रमुख रमेश कुमार स्वर्णकार, लेखापाल रंजीत मेहता, गाउँपालिका कार्यालय सहयोगी हिरा उराँव,कार्यपालिका सदस्य सुशील कुमार ठाकुर , ३ नम्बर वडाका वडा अध्यक्ष अरविन्द कुमार मेहता, ५ नम्बर वडा सदस्य अताबुल अन्सारी , ६ नम्बर वडा सदस्य दाबुद अन्सारी, ४ नम्बर वडा सचिव करुणा निरौला रहेका छन् ।

कार्यक्रमका अध्यक्ष तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, उपाध्यक्ष रिमझिम भगत,प्रमुख प्रशासकीय अधिकृत भक्तबाहादुर खड्का,भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता, प्रशासन अधिकृत सुजन ढुङ्गले, कार्यपालिका सदस्य सुशील कुमार ठाकुर लगायतले सम्मानित सबैलाई दोसल्ला दिएर सम्मान गरेका थिए ।

गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगत , हरिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबाहादुर खड्का,भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता,३ नम्बर वड अध्यक्ष अरविन्द कुमार मेहता, ४ नम्बर वडाअध्यक्ष सुदिलाल मेहता,७ नम्बर वडा अध्यक्ष नसिर खाँ, ४ नम्बर वडा सदस्य राजेश पाल, ६ नम्बर वडा सदस्य दाबुद अन्सारी लगायतले बजेट कार्यान्वयनको सफलताको कामना गरेका थिए ।

सो गाउँपालिकाको आठौँ गाउँसभाबाट पाँचवटा विधेयक पारित गर्दै आठौं गाउँसभाबाट सम्पन्न गरेको छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को संशोधित अनुमान बजेट पारित, आर्थिक विधेयक २०७८ पारित, विनियोजन विधेयक २०७८ पारित, आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक नीती तथा कार्यक्रम बजेट र हरिनगर गाउँपालिकाको कर्मचारीको तह तथा स्तरबृद्धि सम्वन्धित विधेयक २०७७ आठौं गाउँसभाबाट सफलतापूर्वक पारित गरेको पालिकाका अध्यक्ष गफार अन्सारीले बताएका छन् ।

Share26Tweet16SendScan
Previous Post

कोशीबाट कटुवा पेस्तोलसहित दाजुभाइ पक्राउ

Next Post

मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा, युवा पुस्ताको आकर्षण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा, युवा पुस्ताको आकर्षण

मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक नेपाली बजारमा, युवा पुस्ताको आकर्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In