पूर्व राजा ज्ञानेन्द्र कुमारी दर्शन गर्न जाँदै

काठमाडौं । १५ वर्ष पछि पूर्व राजा ज्ञानेन्द्र शाहले आज जीवित देवीका रुपमा पुजिने कुमारीको दर्शन गर्ने हुनु भएको छ । वसन्तपुरमा कुमारीको दर्शन गर्न स्थानीयबाट बोलावट भएअनुसार पूर्वराजा शाह त्यहाँ जान लाग्नु भएको हो ।
कुमारीको दर्शन राजाले गर्ने परम्परा रहिआएको थियो ।

गणतन्त्र स्थापनायता राष्ट्रपतिले कुमारीको दर्शन गर्ने गरे पनि पूर्वराजालाई पनि केही समयको अन्तराल पारेर डाक्ने गरिएको छ । अघिल्ला वर्षहरूमा कुमारी दर्शनमा राष्ट्रपति होइन राजा चाहिने भन्दै प्रदर्शन पनि भएका थिए । पूर्वराजा शाह आज राति ९ बजे वसन्तपुर पुग्नुहुने छ।

यसअघि नै उहाँले कुमारी गणेश पूजा, पुलुकिसी (हात्ती)पूजा र आकाश भैरभ पूजा पठाइसक्नु भएको छ । पूजा समिति र स्थानियले राजाको पूजा अनिवार्य भनेपछि उहाँले पूजा सामग्री पठाएर भदौ २९ गते कुमारी गणेश पूजा, अशोज गते पुलुकिसी पूजा र अशोज २ गते हल्चोक आकास भैरव पूजाकालागि आवस्यक सामग्री पठाएर आचार्यहरुबाट धार्मिक विधिअनुसार पुजा गरिसक्नु भएको छ ।

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.