Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

काठेखोलामा पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २२, २०७७
in विश्व
काठेखोलामा पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख
28
SHARES
Share on FacebookShare on Twitter

बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका-६ शान्तिचोकदेखि वडा नं ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरेका छन् ।

उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको काम सुरु गरिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए । चार सय मिटर दूरीको पदमार्ग छ महिनाभित्र बनाइसक्ने लक्ष्य लिइएको छ । पदमार्ग निर्माणका लागि विदेशमा रहेका बिहुँकोटेले आर्थिक जुटाएका छन् । सहयोग अभियानबाट हालसम्म रु ६५ लाख सङ्कलन भएको जनाइएको छ ।

जापानमा रहनुभएका प्रेम कँडेलको नेतृत्वमा आर्थिक सङ्कलन अभियान चलिरहेको वडाध्यक्ष कँडेलले बताए । ‘जापान, युरोप, अमेरिकादेखि सबै देशमा रहेका बिहुँकोटे यो अभियानमा जोडिनुभएको छ,’ उनले भने, ‘पदमार्गसँगै ऐतिहासिक बिहुँकोट संरक्षणको योजना पनि सुरु हुँदैछ ।’

हालसम्म सङ्कलित रकम पदमार्गमा मात्रै खर्च हुने देखिएकाले बिहुँकोट संरक्षण योजनाका लागि थप सहयोग जुटाउन आर्थिक सङ्कलन समिति क्रियाशील छ । दुवै योजनामा झण्डै डेढ करोड बजेट लाग्ने अनुमान छ । पदमार्गका लागि वडा नं ६ लेसमेत रु छ लाख ३४ हजार बजेट छुट्याएको छ ।

पदमार्ग बनाउँदा स्थानीय स्रोत र सीपको प्रयोग गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष खगराज कँडेलले बताए । उनका अनुसार पदमार्गमा ढुङ्गा, माटो नै बढी प्रयोग गरिने छ । पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउनुपर्ने स्थानीयवासी भरत सापकोटाले बताए । ‘ठाउँ(ठाउँमा विश्रामस्थल, रेलिङ बनाउनुपर्छ’, उनले भने ।

पदमार्ग बनेपछि धार्मिक पर्यटकदेखि गाउँका सर्वसाधारणको आउजाउसमेत सहज बन्ने छ । पदमार्गबाट मनोरम हिमशृङ्खलाको पनि अवलोकन गर्न सकिने छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गबाट रामकोट नजिकै रहेकाले मोटरमासमेत सजिलै पुग्न सकिन्छ । रामकोटलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन राज्यका निकायदेखि जनस्तरबाट लगानी र सहयोग जुटिरहेको छ । रामकोटलाई तीर्थस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

रामकोटमा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा शिवरात्रि, अक्षयतृतीया र हरेक वर्ष जेठ ११ गते विशेष पूजाआजासहित मेला लाग्छ । मन्दिरमा भारतको नर्मदा नदीबाट ल्याइएको ५०० किलो बराबरको शिवलिङ्ग छ । मन्दिर परिसमा उत्खनन गर्दा फेला परेका बसाहा, करुवा, कलसलगायतका ऐतिहासिक वस्तु पनि सङ्ग्रह गरेर राखिएको छ।

पदमार्ग शिलान्यास समारोहकैबीच आर्थिक सङ्कलन समितिले अनलाइनमार्फत आयोजना गरेको ‘एकल भजन नृत्य प्रतियोगिता’का विजयीलाई पुरस्कृतसमेत गरिएको थियो । प्रतियोगितामा प्रथम हुने जैमिनी नगरपालिकाकी सुसन केसीले ५० हजार, द्वितीय हुने जैमिनीकै जेनिसा पुनले ३० हजार र तृतीय हुने काठेखोलाका राजेन्द्र कँडेलले २० हजार प्राप्त गरे ।

यस्तै सान्तवना स्थान प्राप्त गर्ने काठेखोलाकै पुष्पा कँडेल र अनुराधा कँडेललाई १०र१० हजारका दरले पुरस्कृत गरिएको थियो । प्रतियोगितामा ५० जना सहभागी थिए ।

Share11Tweet7SendScan
Previous Post

विवेकशीलको प्रवास संगठन साझासँगको एकतामा सहभागी नहुने

Next Post

मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा

मलेसियामा नेपाली अपहरण गर्ने डेबिड पुर्पक्षका लागि थुनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In