Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्य खबर

नेकपामा नयाँ सहमति, तर कस्तो ?

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २३, २०७७
in मुख्य खबर
नेकपामा नयाँ सहमति, तर कस्तो ?
50
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । आन्तरिक संकटबाट गुज्रिएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठकबाट एक साताको मौन अवधि शुरु भएको छ । मौन अवधिको पहिलो दिन सोमबार पार्टी गतिविधि लगभग शुन्य रह्यो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गरेको स्थायी कमिटी बैठकले मंसिर २८ देखि आन्तरिक समस्याबारे छलफल गर्ने निर्णय गरेको छ । यो अवधिमा स्थायी कमिटी सदस्यहरुलाई सचिवालय बैठकमा पेश गरिएका ओली र प्रचण्डका पत्र (प्रस्ताव) हरु अध्ययन गर्न भनिएको छ ।

तर, नेकपाका नेताहरु यो अवधि पत्रहरुको अध्ययन गर्न मात्र नभएर अनौपचारिक सहमतिको प्रयासका लागि पनि छुट्याइएको बताउँछन् । ‘आमसञ्चार माध्यममा प्रकाशित भइसकेको पत्रहरुबारे अध्ययन गर्न यति धेरै समय चाहिँदैन । यो अवधि अनौपचारिक छलफल र सहमतिको प्रयासका लागि हो’, स्थायी कमिटी सदस्य किरण गुरुङ भन्छन् । उनी, यो अवधिले फेरि पनि शीर्षनेताहरुलाई सहमति जुटाउने अर्को अवसर दिएको ठान्छन् ।

अर्का स्थायी कमिटी सदस्य मणि थापा पनि पार्टी विवादले सकारात्मक मोड लिएकाले यो अवधि पार्टी एकता जोगाउन थप सहयोगी हुने बताउँछन् । ‘स्थायी कमिटी बैठकपछि फेरि पनि पार्टी एकता र सहमतिकै बाटो हिँड्ने सम्भावना बढी छ । सम्भवतः नयाँ सहमतिको बाटो यो बैठकले खोल्नेछ’, थापा भन्छन् ।

विश्लेषक नारायण ढकाल चाहिँ यो अवधि दुबै (ओली र प्रचण्ड) पक्षको बाध्यता रहेको मान्छन् । ‘छोड्दै नछोड्ने देखेपछि आफू नआए पनि पत्र पठाएर केपी ओलीले बैठक चलाउन सहमति जनाए’, विश्लेषक ढकाल भन्छन्, ‘ओलीले एक साताको समय माग्दा किन नदिने भन्ने प्रचण्ड पक्षलाई पर्‍यो होला ।’

ढकाल यो अवधिमा ओलीले सकेसम्म फेरि पनि टालटुलको प्रयास गर्ने सम्भावना देख्छन् ।

ओली लगातार दबावमा

पूरा पाँच वर्ष प्रधानमन्त्री र एकताको महाधिवेशनसम्म ओली नै अध्यक्ष रहने अनि प्रचण्ड कार्यकारी अध्यक्ष रहने निर्णय गरेको भदौ २६ को स्थायी कमिटी बैठकले दुई अध्यक्षलाई असोजभित्रै मन्त्रिपरिषद् पुनर्गठन र एकता प्रक्रिया टुंग्याउने म्याण्डेट दिएको थियो । असोज ४ मा पहिलोपटक कोटेश्वरस्थित पेरिसडाडाँमा सचिवालय बैठक बसेर एकताको सन्देश समेत नेताहरुले दिएका थिए ।

तर, त्यसपछि परिस्थिति यसरी बिग्रदै गयो कि प्रचण्ड थप निर्णय गर्न बैठक नबसी हुन्न भन्ने निष्कर्षमा पुगे भने बैठकको औचित्य नै नरहेकाले बैठक बोलाउँदिनँ र बस्दिनँ भन्ने ओलीले अडान लिए ।

भदौ २६ को बैठक लगत्तैदेखि असन्तुष्टि जनाउन थालेका प्रचण्डसहित शीर्ष नेताहरु (बरिष्ठ नेता झलनाथ खनाल, नेकपामा तेस्रो खेमाको नेतृत्व गर्ने नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) को माग सकेसम्म टार्ने प्रयासमा ओली देखिए ।

पार्टी विभाजन रोक्दै एकताको महाधिवेशनतर्फको यात्रा तय गरेको भदौको निर्णय पालना नभएको भन्दै ओलीसँग रुष्ट प्रचण्ड पक्षले बैठक बोलाउन पहिले मौखिक र पछि लिखित माग राखे । कात्तिक १६ पछि खुमलटार र कोटेश्वरमा बस्दै आएको प्रचण्ड पक्षको बैठक कात्तिक २२ मा केन्द्रीय मुख्यालय धुम्बाराहीमै बस्यो ।

आफ्नो अनुपस्थितिमा सचिवालय बैठक बसे त्यही नै पार्टी विभाजनको आधार हुने ओलीको चेतावनीपछि प्रचण्डले धुम्बाराहीको बैठकलाई ‘अनौपचारिक’ हो भने । अनौपचारिक भनिएको त्यो बैठकले बैठकको माग राख्दै दुई पन्ने लिखित पत्र ओलीलाई बुझायो ।

तर, त्यही पत्रबाटै नेकपा विवादले थप कोर्स तय गर्‍यो । बैठकको कार्यसूचीसहित पठाइएको पत्रको जवाफमा कात्तिक २५ मा ओलीले १० पृष्ठको जवाफी पत्र लेखे । त्यसपछि पत्रहरुको दोहोरी नै चल्यो ।

बैठक नबोलाएर जवाफी पत्र लेखेका ओली कात्तिक २८ मा बसेको सचिवालय बैठकमा सहभागी भए । त्यहाँ प्रचण्डले सवाल–जवाफका पत्रहरुसहित १९ पृष्ठको छुट्टै प्रतिवेदन पनि पेश गरे ।

त्यो १९ पृष्ठको पत्रले आफूमाथि ‘फौजदारी’ आरोप लगाएकाले प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नबस्ने र जवाफ पनि नदिने अडान ओलीले लिए ।

योबीचमा केही महत्वपूर्ण चासो राख्ने भेटवार्ताहरु भए । चिनियाँ राजदूत होऊ यान्छी सक्रिय भइन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरुसँग बाक्लो भेटवार्ता गरिन् ।

कात्तिक २८ को सचिवालय बैठकपछि आफूनिकट नेताहरुमार्फत् प्रचण्डले पेश गरेको प्रस्तावले पार्टी विभाजनकै आधार तयार पारेको वक्तव्य दिएका ओली मंसिर ३ मा पूर्वनिर्धारित सचिवालय बैठकमा सहभागी भए र प्रचण्डलाई जवाफ दिन १० दिनको समय मागे ।

नभन्दै, ओलीले १९ पृष्ठको बदला ३८ पृष्ठको जवाफीपत्र मंसिर १३ को सचिवालय बैठकमा राखे । ओली यो पत्रबारे भने प्रचण्डले अहिलेसम्म लिखित जवाफ र सार्वजनिक बक्तव्य दिएका छैनन् । बरु, बहुमतका आधारमा पार्टी निर्णय र गतिविधिबाटै लगातार ओलीमाथि दबाव बढाएका छन् । जस्तो– ओलीको अनुपस्थितिमा मंसिर १७ मा केहीबेर बैठक राखेर तीन दिनपछि (मंसिर २० मा) सचिवालय बैठक बोलाए । मंसिर १७ को पूर्वनिर्धारित बैठकमा नगएका ओली २० गतेको बैठकमा भने सहभागी भए । र, ओलीकै उपस्थितिमा मंसिर २१ मा स्थायी कमिटीको बैठक बस्ने निर्णय प्रचण्डले गराए ।

माधव नेपालनिकट एक स्थायी कमिटी सदस्य अहिले ओली पूरापुर रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्छन् । यो दृश्य आइतबारको स्थायी कमिटी बैठकले प्रमाणित गरेको ती नेता उदाहरण दिन्छन् । उनी भन्छन्, ‘ओलीजी बैठकमा आउनुभएन । तर, उहाँलाई साथ दिने सबै नेताहरु आउनुभयो र लिखित पत्र पठाएर बैठकलाई निरन्तरता दिन ओलीले संकेत गर्नुभयो ।’

Share20Tweet13SendScan
Previous Post

‘पाँच स’ दक्षिण कोरियाको नयाँ कार्यसमिति चयन

Next Post

सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी

सुराकीको आरोपमा शिक्षकको हत्या गरेको सूचना आएको छ : प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, असार १४, २०८३
Sun, June 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In