इनरुवा । सुनसरीका पत्रकारहरुको लागि गरिएको कोरोना बीमा वापतको रकम कोरोना संक्रमण भई निको भएका पत्रकारलाई हस्तान्तरण गरेको छ ।
नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत आइतवार दोश्रो चरणको कोरोना बीमा वापतको रकम ६ जना पत्रकारलाई बितरण गरेको हो ।
बीमा कम्पनी र प्रेस युनियन सुनसरीले संयुक्त रुपमा कोरोना बीमा वापतको १ ÷ १ लाख रुपैयाँ नगद हस्तान्तरण गरेको युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीले दिएको जानकारी अनुसार पीडित पत्रकारहरु केदार बस्नेत, भोजराज श्रेष्ठ, आशिष यादव, महेश गुरागाइ, बिजय पराजुली र रमेश कुमार राईलाई जनही १ लाखको दरले ६ लाख रुपैयाँ हस्तान्तरण गरिएको हो ।
बिमा ब्यावस्थापन समितीका संयोजक एबम प्रेस युनियन सुनसरीका पुर्ब अध्यक्ष कृष्ण अधिकारी सहित पुर्ब अध्यक्षहरु गणेश निरौला,पत्रकार महासङ तेह्रथुमका पुर्ब अध्यक्ष महेन्द्र काफ्ले सहित बिमा कम्पनी प्रती युनियनका अध्यक्ष अधिकारीले हार्दिक कृतज्ञता व्यक्त गरेको थियो ।
बाँकी रहेका पत्रकारहरुलाई कोरोना बिमाको रकम भुक्तानी पुसको पहिलो सात्ता गर्ने तयारी गरेको अधिकारीको भनाई रहेको छ । कोरोना बीमा रकमले उपचार, खाद्यान्न सहित अब बाँकी रहेको समयमा उत्पादनमूलक कार्यमा लगाउने पीडित पत्रकारहरुले बताएका छन् ।
बीमा रकम पाएका दुहबीमा पत्रकार आशिष यादबले आफू संक्रमण भएको बेला जेनतेन उपचार र पौष्टिक आहार खाएर कोरोना जितेको र अब आफैले सञ्चालन गरेको पत्रिकालाई निरन्तरता दिन बिमा रकमले योगदान गर्ने बताए ।