Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

नेकपाको गुटगत भेला तीव्र, असन्तुष्टि छताछुल्ल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ४, २०७७
in फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेकपाको गुटगत भेला तीव्र, असन्तुष्टि छताछुल्ल
27
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । वर्तमान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को नेतृत्वको विवाद चुलिँदै जाँदा सुनसरी सदरमुकाम इनरुवामा समेत गुटगत भेला र छलफलले तीव्रता पाएको छ । देशभर नै नेकपा जुनसुकै बेला पार्टी फुट्न सक्ने भन्दै ओली र प्रचण्डसहितको दुवै गुटले गाउँ, नगर र प्रदेशमा भेला तथा गुटगत छलफललाई तीव्र पारेका छन् ।

पार्टी विभाजन भएको खण्डमा पार्टी संगठनमा आफ्नो पकड कायम राख्न दुवै समूहले आआफ्नो सक्रियता देखाएका हुन् । शनिबार मात्रै प्रदेश १ को सुनसरी जिल्लामा मदन भण्डारी फाउन्डेसनको नाममा सार्वजनिक जिल्ला भेला गरेको छ ।

केही दिनयता गोप्यरुपमा पार्टीको गुटगत भेला, बैठक र छलफल भइरहेकोमा शनिबार भण्डारी फाउन्डेसनको जिल्ला भेला नाम दिएर ओली पक्षका नेता–कार्यकर्ताहरुले आफ्नो कार्यक्रम गरेका छन् । ती गतिविधिले सत्तारुढ नेकपा विभाजनको पूर्वतयारीमा रहेको संकेत गरेको जानकारहरुले बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले पार्टी विभाजनको पूर्वतयारीझैँ छुट्टाछुट्टै गुटगत भेलालाई तीव्रता दिएका एक नेताले बताएका छन् ।

जिल्लामा आफू बलियो रहेको सन्देश दिन दुवैले शक्ति प्रदर्शन गरिरहेको बेला सुनसरीमा पूर्व एमालेको ओली समूहको भेला भएको हो । प्रदेश, जिल्ला र स्थानीय तहमा आआफ्नो स्थितिको जोडघटाउ गर्न थालेका छन् ।

केही दिनअघि मोरङमा ओली पक्षीय विद्यार्थीको गुट भेला भएको हप्ता नबित्दै सुनसरीमा पनि ओली गुटको भण्डारी फाउन्डेसनको नाममा सार्वजनिक जिल्ला भेला सम्पन्न गरेको हो ।


कार्यक्रममा प्रमुख अथिति रहेका नेकपाका नेता तथा फाउन्डेसनका प्रदेश अध्यक्ष देवराज घिमिरेले समेत पार्टी र विचारको पक्षमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । घिमिरेले देशको ठूलो पार्टी नेकपा भएकाले जनताको अपेक्षासमेत नेकपाप्रति नै रहेकाले त्यसमा सबै नेताहरु लाग्नुपर्ने बताए ।

विशिष्ट अतिथि प्रदेश १ का कानुन मन्त्री हिक्मतकुमार कार्कीले गुटगत भेला नभई पार्टीको एकताको सन्देश भेला भएको बताए ।

सुनसरीमा मदन भण्डारी फाउन्डेसनको नाममा भएको जिल्ला भेलालाई सम्बोधन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले विकास, समृद्धि र नागरिकको हितका लागि पार्टी एकताको आवश्यकता रहेको बताए ।

मन्त्री कार्कीले अहिले केही व्यक्ति र विपक्षीहरुले भन्दैमा पार्टी नफुट्ने दावी गरे । उनले भेला छलफल र अन्तक्र्रियाले सार्थक सन्देश दिएकोसमेत दावी गरे ।

कार्यक्रमका विषेश अथिति रहेका १ नम्बर प्रदेशका उद्योग, वन, पयर्टन तथा वातावारण मन्त्री जगदिशप्रसाद कुसियैतले नेपाली कम्युनिष्ट आन्दोलनको विकासमा मदन भण्डारीले दिएको योगदानको चर्चा गरे ।

जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि सारेपछि विश्वमै मदन भण्डारीलाई दोस्रो कार्लमाक्र्सको रुपमा हेरिएको बताउँदै भण्डारीकै कारण नेपालको कम्युनिष्ट पार्टी अहिले सत्तामा पुग्न सकेको भए पनि यतिबेला भण्डारीको विचारअनुसार कम्युनिष्ट पार्टी अगाडि बढ्न नसकेको कुसियैतले गुनासो गरे ।

उनले यतिबेला पार्टीभित्र आन्तरिक समस्या देखिएको भन्दै त्यसको समाधान गर्न नसके कम्युनिष्ट पार्टी कमजोर हुनसक्ने बताए ।

उनले अहिले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो जिम्मेवारीको मात्रै चिन्ता रहेको भन्दै जनताको चिन्ता नगर्ने हो भने त्यसले समस्या निम्त्याउने समेत बताए । उनले यो समस्या कार्यकर्तामा होइन मूल नेतृत्वमै भएकोले समाधान पनि माथिबाटै गर्नुपर्ने धारणा राखे ।

नेताहरुले बोल्ने क्रममा ‘हामीले अहिलेसम्म त्यसरी गुटगत भेला गरेका छैनौँ । हामीले पार्टी एकजुट हुनुप¥यो र त्यसका लागि नेताहरूलाई एक ठाउँमा उभ्याउनका निम्ति खबरदारीसभा गरिएको हो’, भनेका छन् । तर एउटाले अर्कोको कटाक्ष गरेका छन् ।

उता शनिबारको भण्डारी फाउन्डेसनको नाममा सार्वजनिक जिल्ला भेलामा प्रचण्ड र नेपाल समूहका कोही पनि जिल्ला सहभागी भएनन् । यसअघि पनि गोप्य भेलाहरु भएको र पार्टी जोड्न नभई फोड्न उद्दतहरुले भेला बोलाएको पूर्व माओवादीका एक नेताले प्रतिक्रिया दिएका छन् ।

भेलामा ओली पक्षमा खुलेर लाग्दै आएका नेता तथा प्रदेश मन्त्री जगदिशप्रसाद कुसियैत, राष्ट्रिय सभा सदस्य इन्दु गौतम, सर्वध्वज साँवा, गोपाल गुरागाई, निलम बस्नेत, धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी, पूर्व सभासद रेवतिरमण भण्डारी, नेता खेमराज पोखरेलसहितको उपस्थिति रहेको थियो ।

Share11Tweet7SendScan
Previous Post

तीन जिल्लाका सहयोगापेक्षीहरुको उद्धार गरिने

Next Post

ओलीद्वारा संसद् विघटनको सिफारिस

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
यसरी बाध्य भए अध्यादेश फिर्ता लिन ओली

ओलीद्वारा संसद् विघटनको सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In