मोरङ । विराटनगर महानगरपालिका-१४ बस्ने एक जाना पुरूषको करेन्ट लागेर मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका-१४ महतो टोलका ४० बर्षीय धजनलाल महतोको करेन्ट लागेर मृत्यु भएको हो ।
महतो बुधबार दिउँसो ३:३० बजे घर अगाढी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तार छुदा करेन्ट लागेर रूखबाट झरेका थिए ।
घाईते महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका करिब ८:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।