इनरुवा । संसद् बिघटनको बिरोधमा प्रचण्ड माधब समूहले सुनसरीको इनरुवामा बृहत प्रदर्शन गरेका छन् ।
प्रधानमंत्री केपी शर्मा ओली र राष्ट्रपति बिद्या देवी भण्डारीको कदम असंवैधानिक भएको ठहर गर्दै प्रचण्ड माधब समूहले सुनसरीको इनरुवामा बृहत प्रदर्शन गरेकाछन् ।
जिल्ला पार्टी कार्यालय इनरुवामा भेला भएका नेता कार्यकर्ताको जुलुसले नगरको परिक्रमा गरेका छन् ।
जिल्ला स्तरीय कार्यक्रम भएकाले प्रधानमंत्री केपी शर्मा ओलीको कदम बिरुद्ध नेकपाले निकालेको यस अघि निकालेको बिरोध कार्यक्रमको तुलनामा मंगलबार भने सहभागिको संख्या उल्लेख्य रहेको थियो ।
सरकारको कमद बिरुद्ध आज नेकपाले देशब्यापी बिरोध प्रदर्शनका कार्यक्रम गरिरहँदा सुनसरीको इनरुवामा समेत नेता तथा कार्यकर्ताले प्रदर्शन सहित सभाको आयोजना गरेका थिए ।
सुनसरीको बिरोध प्रदर्शनलाई नेकपाको प्रचण्ड माधब समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले नेतृत्व गरेका थिए ।
बिरोध सभालाई सम्मबोधन गर्दै आचार्यले केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडी गोठको संज्ञा दिएका छन् । आचार्यले ओलीको हठीपनाको कारण मुलुक संकटमा परेको बताउनु भयो ।
आचार्यले कुनैपनि हालतमा ओलीको निर्णय जनतालाई मान्य नहुने बताउनु भयो । बिरोध सभालाई केन्द्रीय सदस्यहरु रामकुमारी चौधरी, महफुज अन्सारीले सम्बोधन गरेका थिए ।
बिरोध प्रर्दशन सँगै भिन्नाभिन्नै चोकमा फरक वक्ताले सम्बोधन गरेका थिए ।