इनरुवा । नेपाल उधोग वाणिज्य महासंघ १ नम्बर प्रदेशको तेस्रो अधिवेसन सुरु भएको छ । अधिवेशन अन्र्तगत उपाध्यक्ष बाहेक सबै पदाधिकारी निर्बिरोध निर्वाचित भएका छन् ।
सम्पन्न पहिलो चरणको अधिवेशनबाट अध्यक्षमा टिकाराज ढकाल, एसोसिएट उपाध्यक्षमा राजेन्द्र राउत, कोषाध्यक्षमा रमेश कुमार राठी चयन भएका छन् । त्यसैगरी जिल्ला नगर सदस्य तर्फ तेस्रो अधिवेनबाट उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह सहित पाँचजना निर्बिरोध चयन भएका छन् ।
झापाको बिर्तामोडमा भएको महासंघको तेस्रो अधिवेशनबाट उधोग वाणिज्य संघ इनरुवाका अध्यक्ष साहलाई कार्यसमितिको जिल्ला नगर सदस्यतर्फ निर्बिरोध चयन भएका हुन् ।
महासंघको १ नम्बर प्रदेशको सोमवार भएको तेस्रो अधिवेशनबाट साह सहित पाँचजना जिल्ला नगर सदस्यमा निर्बिरोध निर्वाचित हुनेहरुमा युवराज शाक्य, कुमार भट्टराई, भूपालराज कटुवाल, प्रितम खड्गी, रहेका छन् ।
त्यसैगरी महासंघको एसोसिएट सदस्य तर्फ सुभाष आचार्य, राजन श्रेष्ठ र बस्तुगततर्फ रबिन कुमार दाहाल, श्रवण कुमार अग्रवाल चयन भएका छन् ।
नेपाल उधोग वाणिज्य महासंघ १ नम्बर प्रदेशको तेस्रो अधिवेनमा उपाध्यक्ष जिल्ला नगरतर्फ चुनाव हुने भएको छ । उपाध्यक्ष पदका लागि भीम पौडेल, भीम आचार्य, कुमारमणि पोखरेल र नविन रिजाल प्रतिस्पर्धामा रहेका छन् ।
अपडेट : तेस्रो अधिवेनमा उपाध्यक्ष पदको जिल्ला नगरतर्फ भीम पौडेल, निर्बिरोध भएका छन् । उम्मेदारहरुबीच आपसी समझदारी भएपछि भीम पौडेललाई निर्बिरोध चयन गरेका हुन् ।