Sunday, May 3, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

संघर्ष समितिद्वारा आन्दोलनको घोषणा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २०, २०७७
in समाचार, स्थानीय समाचार
संघर्ष समितिद्वारा आन्दोलनको घोषणा
69
SHARES
Share on FacebookShare on Twitter

पवन रौनियार
लौकही । सुनसरीको कोसी क्षेत्रमा एकपछि अर्को जंगली जनावरको आतंक र आक्रमण बढेपछि स्थानीयहरु आन्दोलित बनेका छन् ।

पुस महिनामा मात्रै दुईजनाको ज्यान लिने गरी हात्ती आक्रमण भएको र दर्जनभन्दा बढी घरमा क्षति गर्नुका साथै बालीमा नोक्सानी गरेकाले स्थानीयहरु संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका हुन् ।

कोसी गाउँपालिकाका कोसीटप्पु वन्यजन्तु आरक्ष पीडितहरुको भेलाले जंगली जनावर पीडित संघर्ष समिति निर्माण गर्दै आन्दोलनको घोषणा गरेका हुन् ।

पछिल्लो पटक कोसी–५का मोती कामतको हात्ती आक्रमणमा ज्यान गएपछि समिति निर्माण गरेर आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।

कोसी गाउँपालिकामा जंगली जनावर पीडितहरुले लामो समयदेखि उठाउँदै आएको समस्याहरुलाई सम्बोधन नगरेपछि आन्दोलनको घोषणा गरेका हुन् ।

सरोकारवाला निकायलाई पटक–पटक ज्ञापनपत्र बुझाए पनि कुनै वास्ता नगरेकाले संघर्ष समितिको सोमबारको भेलाले आन्दोलनको घोषणा गरेको हो ।

कोसी गाउँपालिकाको नहरचोकमा सयौंको संख्यामा उपस्थित भएका सर्वसाधारणहरुको भेलाले विभिन्न नाराबाजी गर्दै कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख चन्द्रशेखर चौधरीलाई ज्ञापनपत्र बुझाएका छन् ।

संघर्ष समितिले ज्ञापनपत्र बुझाएपछि पुनः नहर चोकका सर्वसाधारणहरु विभिन्न नाराबाजी गर्दै कोणसभाको आयोजना गरेका थिए । कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिले घोषणा गरेको आन्दोलनलाई पूर्ण समर्थन गरेको बताए ।

अध्यक्ष अन्सारीले अनुशासनमा रहेर आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । यस समस्यालाई समाधानका लागि आफूबाट पूर्ण सहयोग हुने बताउँदै अन्सारीले प्रत्येक घरबाट सहभागी हुनुपर्ने बताए ।

आन्दोलनबाटै संघीय सरकारलाई घच्घचाउने चेतावनी दिँदै अन्सारीले नटेरे थप आन्दोलनको घोषणा गर्नेसमेत बताएका छन् । संघीय र प्रदेश सरकारले चासो लिनुपर्ने बताए ।

हात्तीबाट पीडित भएका सर्वसाधारण र कोसी गाउँपालिकाका सबै वडाबाट सहभागी भई आन्दोलनलाई सफल बनाउन आवश्यक रहेको उनले बताए ।

जंगली जनावर पीडित संघर्ष समितिका अध्यक्ष पञ्चनारायण मण्डलले पीडितहरुको अधिकार प्राप्तिका लागि आन्दोलन सुरु गर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझाएकाले मागलाई सम्बोधन गर्न आवश्यक रहेको हुँदा माग सम्बोधन नभए किसान आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । हात्तीको विज्ञ टोलीले गरेको निर्णय कार्वान्वयन नभएकाले फेरि आन्दोलनको घोषणा गर्नुपरेको बताए ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको मकुना हात्तीको आक्रमणबाट मसिर २९ गते कोसी गापा–६ का प्रमोद यादव र पुस १३ गते कोसी–५ का मोती कामेतको निधन भएपछि कोसीका स्थानीयहरुले सुरक्षाको प्रत्याभूतिको महसुस नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन् ।

आरक्षबाट निस्केका हात्तीको आक्रमणबाट २२ जना भन्दा बढीको मृत्यु भइसकेको छ । संघर्ष समितिले सोमबार कोसीटप्पु वन्यजन्तु आरक्षको कार्यालयमार्फत् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौँमा ज्ञापनपत्र पठाएको छ ।

यसैगरी पुस २२ गते जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र वन मन्त्रीलाई ज्ञापनपत्र पठाउने कार्यक्रम रहेको छ । पुस २७ गते सुनसरी सदरमुकाम इनरुवामा किसान जुलुस गरी सशक्त आन्दोलनको घोषणा गर्ने कार्यक्रम रहेको संघर्ष समितिले जनाएको छ ।

Tags: आन्दोलनऐयुब अन्सारीकोसी गाउँपालिकाकोसीटप्पु वन्यजन्तु आरक्षघोषणासंघर्ष समिति
Share28Tweet17SendScan
Previous Post

अनुरागको ‘नैना के तिर’ सार्वजनिक

Next Post

” डँढेको घर “

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
”  डँढेको घर “

" डँढेको घर "

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In