हरिनगरा । सुनसरीको हरिनगर गाउँपालिका अन्र्तगत हरिनगर वडा नम्बर–४ मा विरोध सभाको आयोजना हुने भएको छ । हरिनगर–४ को बजार क्षेत्रमा संसद् विघटनको विषयमा माघ ३ गते शनिवार विरोध सभाको आयोजना हुन लागेको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सबै स्थानीय तहमा एकसाथ विरोध गर्ने कार्यक्रम अनुसार हरिनगर–४ मा पनि विरोध सभाको आयोजना गर्न लागेको हो । विरोध सभाको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस हरिनगर गाउँ कार्यसमितिले जनाएको छ ।
हरिनगर बजार क्षेत्रमा शनिवार १२ बजे विरोध सभा कार्यक्रमको आयोजना गरेकोले सबैलाई सहभागि हुन पनि आयोजकले अनुरोध गरेको छ ।
वर्तमान सरकारले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै नेपाली कांग्रेस हरिनगर गाउँ कार्यसमितिले विरोध सभाको आयोजना गरेको जनाएको छ ।
नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सचिव नईम अन्सारीले माघ ३ गते शनिवार हरिनगर–४ को बजार क्षेत्रमा हुने बृहत विरोध सभामा सहभागि हुन र कार्यक्रमलाई सफल बनाउनका लागि सबैमा अनुरोध गरेका छन् ।