मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विवाह आगामी माघ ११ गते हुने भएको छ । विवाह अमेरिकामा रहेकी नेपाली युवतीसँग मुख्यमन्त्री राईको विवाह हुने भउको हो ।
विवाह काठमाडौंमा हुने छ, तर प्रितिभोज विराटनगरमा समेत आयोजना गरिने बताइएको छ । प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम राखिने बताइएको छ ।
विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायतलाई निम्ता दिने बताइएको छ । अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ ।