Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home फाेटाे फिचर

प्रधानमन्त्री मकुना हात्तीजस्तै : अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ३, २०७७
in फाेटाे फिचर, समाचार, स्थानीय समाचार
प्रधानमन्त्री मकुना हात्तीजस्तै : अन्सारी
73
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । नेपाली कांग्रेसका महासमिति सदस्य तथा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी मियाँले प्रधानमन्त्री केपी शर्मा ओली माकुना हात्ती जस्तै भएको बताएका छन् । उनले वर्तमान सरकारले गरेको काम असंवैधानिक भएको बताए ।

सुनसरीको हरिनगर गाउँपालिकाअन्तर्गत हरिनगर वडा नम्बर–४ मा आयोजना गरिएको विरोधसभामा उनले भने, ‘कोसीटप्पु वनजन्तु आरक्षका मकुना हात्तीझैँ केपी शर्मा ओली भएका छन् ।’ मकुना हात्तीले दिनदिनै घर भत्काउने र व्यक्ति मार्ने काम गरेको हुँदा राज्य पक्षले नियन्त्रण गर्न नसकेको संज्ञा दिँदै ओलीलाई कम्युनिस्टका माधवकुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल र पुष्पकमल दाहाल (प्रचण्ड) हरुले नियन्त्रण नगर्दा देशमा दुर्घटना निम्ताउन खोजेको आरोप लगाए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले सबै स्थानीय तहमा एकसाथ विरोध गर्ने कार्यक्रमअनुसार हरिनगर–४ मा पनि विरोधसभा सम्पन्न गरेको हो । वर्तमान सरकारले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विरोधसभाको आयोजना गरेको जनाएको छ ।

विरोधसभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य हाजी ताहिर अन्सारीले वर्तमान सरकारको नेतृत्वमा भएको संसद् विघटन अलोकतान्त्रिक भएकाले नेपाली कांग्रेसले मुलुकभर विरोधसभाको आयोजना गरेको बताए ।

हरिनगरका प्रमुख अतिथिसमेत रहेको हाजी अन्सारीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र केपी शर्मा ओलीले गरेको संसद् विघटन संविधान विपरित भएकाले सात सय ५३ वटै स्थानीय तहमा कांग्रेसले विरोधसभाको आयोजना गरेको बताए ।

वर्तमान सरकारको दुई तिहाइ बहुमत हुँदाहुँदै पनि जनताको पक्षमा काम नगरेको र विकासका कार्यहरुप्रति चासो नराखेको बताए ।

त्यसैगरी सुनसरी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति एवं कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी जनताको हुनुपर्नेमा उनी केवल प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै भएको जिकिर गरे ।

राष्ट्रपतिले समग्र मुलुकको चिन्ता गर्नुपर्ने ठाउँमा प्रधानमन्त्रीको इसारामा संसद् विघटनको सिफारिस गरेर देशलाई अन्योलतातर्फ धकलेको उनले आरोप लगाए ।

वर्तमान सरकार सर्वसत्तावाद, भ्रष्टाचार र महिला हिंसामा लिप्त भएको हुँदा जनताले आउने निर्वाचनमा देखाउने दावीसमेत उनले गरे ।

नेपाली कांग्रेस हरिनगर सभापति शिवहरि श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हरिनगर गाउँपालिकाकी उपाध्यक्ष रिमझिमकुमारी भगत, कार्यपालिका सदस्य सुशीलकुमार ठाकुर, महासमिति सदस्य परमानन्द मेहता, सकिल अन्सारी, हरिनगर–४ का वडाध्यक्ष सुदीलाल मेहता, हरिनगर–४ का वडा सदस्य राजेश पाल, हेमनारायण मेहता, कृष्णप्रसाद देव, लगायतकाले वर्तमान सरकारले गरेको संसद् विघटन अलोकतान्त्रिक कदम चालेको बताए ।

कार्यक्रम नेपाली कांग्रेस हरिनगर गाउँपालिकाका सचिव युवा नेता नइम अन्सारीले सञ्चालन गरेका थिए । यसैबीच सुनसरीको धरान, इटहरी, दुहवी, बर्जु, गढी, कोसी, भोक्राहा नरसिंह, इनरुवा, देवानगञ्ज, रामधुनी र बराहक्षेत्रमा समेत विरोध प्रदर्शन र कोणसभा गरेको सुनसरी कांग्रेसले जनाएको छ ।

गढीमा नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रशिक्षण विभागका केन्द्रीय सदस्य वीरेन्द्र साहले वर्तमान परिस्थितिबारेमा आफ्नो धारण राखेका थिए ।

Tags: अध्यक्ष गफार अन्सारीनेपाली कांग्रेसहरिनगरहरिनगर गाउँपालिकाका
Share29Tweet18SendScan
Previous Post

हरिनगरमा भीषण आगलागी, पालिकाद्धारा राहत वितरण

Next Post

नेपाली कांग्रेस चुनावदेखि कहिल्यै डराउँदैन : मेहता

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेपाली कांग्रेस चुनावदेखि कहिल्यै डराउँदैन : मेहता

नेपाली कांग्रेस चुनावदेखि कहिल्यै डराउँदैन : मेहता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In