झापा। झापा शिबसताक्षी-११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दमक-८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन ।
टेम्पोमा सवार गरी आएका उनिहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा पश्चात उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम-५८ एम्पुल, बुफ्रेनोर्फिन -५७ एम्पुल र प्रोमेथोजाईन-५८ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो ।
पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।