पवन रौनियार
लौकही । सुनसरीको हरिनगर गाउँपालिका–५ वसन्तपुर बंगाली टोलका अग्निपीडितलाई दुबईका युवाहरुले आर्थिक सहयोग गरेका छन् ।
वैदेसिक रोजगारका क्रममा कोसी गाउँपालिकाबाट खाडी मुलुक दुबई र कतारमा काम गरिरहेका युवाहरुले संकलन गरेको ३० हजार रुपैयाँ पाँच परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
हरिनगर गाउँपालिका–५ वसन्तपुर बंगाली टोलमा भएको भीषण आगलागीमा पाँच परिवारका करोडौं रकम बराबर मालसमानसहित क्षति पुगेकालाई दुबईमा नेपाली युवाका रुपमा काम गर्दै आएका कोसी–१ का पशुपति मण्डल, दुःखा मण्डल, सर्वेश मण्डलले २५ हजार र कोसी–२ बंगली टोलका ब्रहमदेव मण्डल (कविरथ) ले कतारबाट पाँच हजार गरी ३० हजार रकम अग्निपीडितलाई आइतबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका छन् ।
दुबईमा रहेका युवाका बुबाहरु जयधर मण्डल, दिनेश मण्डल र मन्टु मण्डलले अग्निपीडितहरुलाई जनही छ हजारका दरले हस्तान्तरण गरेका छन् । अग्निपीडित परिवारहरुले सहयोगी हातहरुलाई धन्यवादसमेत व्यक्त गरेका छन् । अगामि दिनमा पनि सहयोगी हातहरुलाई सहयोग गर्नका लागि बसन्तपुर बंगाली टोलका अगुवाहरुले अपिल समेत गरेका छन् ।