एजेन्सी। म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अहिले संसारको ध्यान त्यतै खिचिएको छ । विभिन्न देशले सेनाको उक्त कदमको विरोध गरिरहेका छन् । यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि म्यान्मारको सेनाले गलत गरिरहेको भन्दै चेतावनी दिएका छन् ।
बाइडेनले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै त्यहाँको सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका हुन् । उनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् । अन्यथा नभए अमेरिकाले “उचित कदम” चाल्ने चेतावनी दिएका छन् ।
बिबिसीका अनुसार अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले पनि नेतृ सू चीको गिरफ्तारीलाई “भयभीत पार्ने” हर्कत भनी व्याख्या गरेका छन् ।
म्यानमारमा राष्ट्रपति लगायतका उच्च नेताहरू सेनाले नियन्त्रणमा लिएर एकवर्षे संकटकाल घोषणा गरेपछि संयुक्त राष्ट्रसंघको ध्यान पनि त्यतै मोडिएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भएको ‘कू’बारे छलफल गर्न मङ्गलवार ९आज० आपतकालीन बैठक बोलाएको छ ।
म्यानमारको पछिल्लो घटनाको युरोपेली संघका अतिरिक्त अस्ट्रेलिया, भारत, जापान, नेपाल लगायत देशले विरोध जनाउँदै प्रजातन्त्र फिर्ता गर्न अनुरोध गरेका छन् ।
If some one desires to bbe updated with moet up-to-date technologies after
that he must be pay a quick visit this site and be uup
to date all the time.
https://bibliocrunch.com/profile/danaobrien1999/
write papers for me
B (Irvin) https://www.designspiration.com/curtisreyes137/