तनहुँ । दमौलामा बन्द गराउँदै हिँडेका नेकपा दाहाल-नेपाल समूहका १६ जना कार्यकर्तालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ ।
राजमार्गमा अवरोध र सवारी साधन तोडफोडमा उत्रिएको भन्दै केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठसहित १६ जनालाई दमौलीको भोर्लेटार चोकबाट नियन्त्रणमा लिएको डीएसपी युवराज तिमिल्सिनाले बताए ।
पक्राउ पर्नेहरुमा अतिन्द्र केशरी न्यौपाने, श्रीराम कार्की, मंगल प्रसाद श्रेष्ठ लगायत छन् ।
‘नेतालाई पक्रने क्रममा केहीबेर धकालाधकेल भएको र बन्दकर्ताले मोटरसाइकल चलाउन समेत रोकेका थिए,’ डीएसपी तिमिल्सिनाले भने, ‘अहिले सुरक्षा व्यवस्था मिलाएर गन्तव्यमा पुग्न चाहानेलाई स्कर्टिङको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउने कार्य भइरहेको छ ।’