मोरङ । मोरङको कटहरी गाउँपालिका-३ मा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका-२ का ३६ बर्षीय बच्चु डुमलाई ठक्कर दिंदा घाईते भएका डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साईकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...












