मोरङ । मोरङको कटहरी गाउँपालिका-३ मा टिपरको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आईतवार बेलुका साँढे ५ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ४७८३ नम्बरको टिपरले साईकलमा यात्रा गरीरहेका कटहरी गाउँपालिका-२ का ३६ बर्षीय बच्चु डुमलाई ठक्कर दिंदा घाईते भएका डुमको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साईकललाई ठक्कर दिने टिपर तथा चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
इनरुवा जेसीजकाे अध्यक्षमा विकेश मेहता सर्वसम्मत चयन
टाेमराज मेहता इनरुवा । इनरुवा जेसीजको ४० औं साधारण सभाले विकेश मेहतालाई अध्यक्ष पदमा आज सर्वसम्मत चयन गरेको छ ।...