इनरुवा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरी विस्तार भएको छ ।
नेपाल तरुण दल सुनसरीको बुधवार बसेको बृहत बैठकले सुनसरीमा नेपाली कांग्रेसको संगठनलाई थप बलियो बनाउने उद्देश्यले समिति विस्तार गरिएको नेपाल तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङले जानकारी दिए ।
सुनसरीभरका नेपाल तरुण दलका क्षेत्रीय तथा नगर समितिका अध्यक्ष तथा प्रतिनिधि सहितको बृहत बैठकले नेपाली कांग्रेस र तरुण दल सुनसरीका कार्यक्रम तथा गतिविधिहरुमा सक्रिय जुझारु युवाहरुलाई समेटी समावेशी समानुपातिक हिसाबले समिति विस्तार गरिएको नेपाल तरुण दल सुनसरीका अध्यक्ष गुरुङले जानकारी दिए ।
नेपालकै उत्कृष्ट र बलियो संगठनको रुपमा रहेको नेपाल तरुण दलले संगठन थप बलियो बनाउदै राजनितिक रुपमा कार्यकर्ताहरुलाई प्रशिक्षित बनाउन संगठन विस्तार गर्न आवश्यक भएकाले संगठनमा सक्रिय युवाहरुलाई जिल्ला सदस्यको जिम्मेवारी तोकिएको तरुण दल सुनसरीका उपाध्यक्ष सुखदेव राईले जानकारी दिए ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति सुनसरीमा जिम्मेवारीका सदस्यहरु ज्योतिष चौधरी ,दिपक पुरी , शिव कुमार यादव , सन्तोष पोखरेल , बिमल कुमार यादव , पर्वत दाहाल , मुरारी पोखरेल , सरोज कार्की , ॐ खड्का , बिनोद तामाङ , अर्जुन कोइराला , सरोज गुरागाई , खेमराज थापा , विद्यानन्द मेहता , अनिल यादव , मनिष कुमार साह र चिन्तामणि सापकोटा रहेका छन् ।
त्यसैगरि बलराम मेहता , खगेन्द्र कार्की , नगेन्द्र यादव , दुर्गा बहादुर चौहान ,सन्दिप अधिकारी , अजित राई ,प्रमोद चौधरी , करण तामाङ ,चन्द्र लिम्बु , प्रकाश राई , निकेश खतिवडा , उर्मिला देवी ऋषिदेव , बिरेन्द्र मेहता , सुजित राना मगर , दिपा वाग्ले , राजु थापा ,सन्त लिम्बु , आरिफ अन्सारी , सगिर आलम ,हसबुल साफि , इजराइल खान , मोति यादब , सन्तोष भगत राज श्रेष्ठ रहेका छन् ।
इनरुवा नगरपालिकाबाट शिवकुमार यादव र मोति यादव, भोक्राहा नरसिंह गाउँपालिकाबाट आरिफ अन्सारी, कोशी गाउँपालिकाबाट सगिर आलम, हरिनगर गाउँपालिकाबाट हसबुल साफी र इजराइल खानलाई जिल्ला सदस्यमा मनोनित गरिएको हो ।