विराटनगर । विराटनगर–१४ सिंघिया खोला नजिक ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को २ त २६३४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी विराटनगर–१४ का ३० वर्षीय कामेश्वर कामतको मृत्यु भएको हो । कामतको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दिपक थापाका अनुसार “कामत ट्याक्टरका सहचालक हुन् ।”र ट्याक्टर चालक शेखर यादव फरार रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर विस्तृत अनुसन्धानसँगै फरार चालकको खोजी सुरु गरिसकेको छ ।