ईनरुवा। कोभिड(१९ को संक्रमण देखिएपछि सुनसरी सदरमुकाम ईनरुवामा विद्यालय बन्द गरिएको छ।
ईनरुवामा संचालनमा रहेका विद्यालयमा बालबालिकाहरुमा कोभिड(१९ को संक्रमण देखिएपछि इनरुवा नगरपालिकाले नगर क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।
आइतवार एक सूचना जारी गरी नगरपालिकाले ‘कोरना संक्रमण बालबालिकाहरुमा देखिएको साथै समुदाय स्तरमा समेत फैलिएकाले’ रोकथाम र नियन्त्रणका लागि विद्यालय बन्द गर्नुपरेको जनाएको छ।
ईनारुवाका मेयर राजन मेहताले हस्ताक्षर गरेको उक्त सूचनामा कोरोना संक्रमण तथा नियन्त्रणको लागि ईनरुवा नगर क्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने र सभा सम्मेलन, मेला जात्रा, मानिसको भीडभाड हुने कार्यहरु बन्द गर्ने जनाएको छ।
नगरापालिकाले अत्यावश्यक कामकाज गर्नुपर्दा समेत स्वास्थ मापदण्ड पुरा गरेर गर्न समेत नगरवासीहरुलाई आग्रह गरेको छ।