Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख ८, २०७८
in विश्व
लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट
32
SHARES
Share on FacebookShare on Twitter

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ । .

कोरोनाभाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकीहरु काममा पुनः फर्कन चाहिरहेका छैनन् । “यो कोभिड सङ्कटका लागि विरोधाभास हो,” अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले बताए । “हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनाहरुमा जोखिम बढ्नेछ ।”

कोभिड–१९ का खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थव्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीहरुले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् ।

विश्लेषकहरुको भनाइमा, सबै बेरोजगार व्यक्तिहरु आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् ।  “मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ, र कामको खोजी गर्नेहरुमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ,” जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भनिन् ।

अमेरिकी जनसंख्याका एक चौथाईले पूर्ण खोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै ज्यादा छ । तर यसको बाबजूद देशको तीन चौथाई भाग कोभिड–१९ को सङ्क्रमण हुने जोखिममा छ ।

जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोभिड महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालयहरु पूर्णकालीन कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकहरूका लागि यो अर्को चुनौती हो ।

विश्वकै सबैभन्दा ठूलो अर्थव्यवस्था भएको संयुक्तराज्य अमेरिकामा कोभिड–१९ को महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो जसमध्ये आधाभन्दा बढी अर्थात् एक करोड ४० लाख रोजगारी पुनःस्थापना भइसकेको छ ।

तैपनि, स्व–रोजगारमा रहेका समेत झण्डै एक करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन्, र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरु पूर्ण समय काम गर्न पाउँदैनन् ।

तर अर्थशास्त्री डाकोले मजदूरको अभाव धेरै क्षेत्रमा देखिएको बताए । खुल्ला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जन जस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको उनको भनाई छ ।  गत फेब्रुअरीको आखिरी र अप्रिलको शुरुको बीचको अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले भनेको छ, “कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून–ज्याला वा घण्टे कामदारका लागि बढी देखिएको छ ।”

भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटल व्यवसायीले आफूहरुले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाईका मजदूर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले सरसफाईमा काम गर्न धेरैले अरुचि देखाएको बताए ।

बैंकको शिकागो शाखाले गरेको सर्वेक्षणमा बेरोजगार मजदूरलाई घरमै राख्ने थुप्रै कारकहरु रहेको जनाएको छ, जसमा सरकारले उपलब्ध गराउने वित्तीय सहयोग पनि एउटा प्रमुख रहेको छ, जस्तै आगामी अगस्तसम्म उनीहरुले सरकारबाट साप्ताहिक थप ३०० डलर बेरोजगार भत्ता पाउने छन् ।

शिकागो शाखाले मानिसहरु रोजगारीमा फर्कन कठिनाई हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाएको छ । भाइरसको चिन्ता, सार्वजनिक यातायात प्राप्त गर्न कठिनाई र जागिर खोज्ने थकान जस्ता प्रक्रियाले पनि जटिलता थपेको छ ।

अमेजन, कस्टको, टार्गेट र वाल्मार्ट जस्ता कतिपय ठूला कम्पनीले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका छन् । –एएफपी

Share13Tweet8SendScan
Previous Post

फिल्म ‘गेम ओभर’ बन्ने

Next Post

गर्मीमा रोगबाट बच्नका लागि विशेष ५ टिप्स

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post

गर्मीमा रोगबाट बच्नका लागि विशेष ५ टिप्स

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In