राजविराज । सप्तरीका विभिन्न ठाउँमा”मास्क खै अभियान” अन्तर्गत प्रमुख जिल्ला अधिकारी फणीन्द्र मणि पोखरेलको नेतृत्वमा चेकजाँच सुरु भएको छ।
बिश्वब्यापी दोस्रो कोरोना महामारीको प्रकोप भयावह स्थिति निम्त्याएको अवस्था संगै सप्तरीमा पनि दैनिकी संक्रमण बढिरहेको छ।यश अवस्थालाई मध्यनजर गर्दै राजविराज नगर स्थित गजेन्द्र चौक,दशन चौक तथा रुपनी गाउँपालिका स्थित रुपनी बजारमा आज आइतबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मास्क प्रयोगमा कडाइ गर्ने उदेश्यले चेकजाँच सुरु गरेको सप्तरी युथको कोषाध्यक्ष बिष्णु यादवले बताए ।
जनस्वास्थ्य प्रमुख दुनियाँलाल यादवको सहयोगमा तथा सप्तरी युथको समन्वयमा करिब एक हजार भन्दा बढीजनालाई मास्क समेत बितरण गरिएको छ।
अभियानमा जिल्ला प्रहरी कार्यालय राजविराजको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले ,सशस्त्र प्रहरीको उपरीक्षक राजु श्रेष्ठ,सप्तरी युथ नेपालको कोषाध्यक्ष बिष्णु यादव लगायतको नेतृत्वमा आजको अभियान सम्पन्न गरिएको बताए ।