Monday, October 12, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

कोरोनाको थ्रेटमा इनरुवा तीन दिनभित्र आइसोलेसन तयार गर्न प्रशासनको आदेश 

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १३, २०७८
in समाचार, स्थानीय समाचार
कोरोनाको थ्रेटमा इनरुवा तीन दिनभित्र आइसोलेसन तयार गर्न प्रशासनको आदेश 
85
SHARES
Share on FacebookShare on Twitter

इनरुवा÷सुनसरीको छिमेकी जिल्ला मोरङ र जिल्लाका नेपाल भारतको सीमावर्ती क्षेत्रबाट बढ्दै गएको आवगमनका कारण सदरमुकाम इनरुवा कोरोनाको थ्रेटमा परेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले बताएका छन् ।

सोमबार राति प्रतिक्षण दैनिकसँग कुरा गर्दै प्रसाईले दोश्रो चरणको कोरोना लहरमा हालसम्म जिल्लाभित्र चारजनाले ज्यान गुमाइसकेका छन् भने ६२ जना संक्रमित उपचारार्थ छन् । सुनसरीसँग जोडिएको नेपाल भारत सीमा क्षेत्रबाट अवैध रुपमा भइरहेको भारतीयको प्रवेशले थप समस्या उत्पन्न गराएको प्रसाईको भनाइ छ ।

वर्तमान अवस्थामा आसपासका जिल्लामा देखिएको कोरोनाको प्रभावले सुनसरी जिल्लालाई समेत कोरोनाको थ्रेटमा राखेकोले यसका लागि पूर्व तयारी तत्काल आवश्यक रहेको उनले थपे । छिमेकी जिल्ला मोरङमा देखिएको अवस्थाले ह्वात्तै सुनसरीमा पनि संक्रमितको संख्या बढ्न सक्ने खतरा बढ्दै गएको बताउँदै प्रसाईले यसतर्फ सबै सरोकारवालाहरु समयमै सजग हुनुपर्ने समेत सुझाए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो आकस्मिक बैठक बस्दै सुनसरी प्रशासनले बिभिन्न निर्णयहरु गरेको छ । डिसिसिएमसी बैठकले सुनसरीका सबै पालिकालाई तीन दिनभित्र आइसोलेसन तयार गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले निर्देशन दिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले आइसोलेसन सेन्टरहरु बनाउन निर्देशन दिएको हो ।

देशभर कोरोना भाइरसको दोस्रो भेरियन्ट दिन प्रतिदिन बढ्दै गएकाले यसले जिल्लामा पनि महामारीको रुप लिन सक्ने कुरालाई मध्यनजर गर्दै आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न निर्देशन गरिएको प्रेस विज्ञप्तिमार्फत् जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ । सुनसरीका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले विद्यालय पनि बन्द गर्ने निर्णय गरेको छ ।

जिल्लामा सञ्चालित सम्पूर्ण विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र पनि भोलि अर्थात् मंगलबारबाट बन्द गर्न निर्देशन दिएको छ । यसका साथै कक्षाहरु सञ्चालन गर्नु परे शिक्षा मन्त्रालयले जारी गरेको वैकल्पिक शिक्षण प्रणाली अपनाई पठनपाठन गर्न पनि डिसिसिएमसीको बैठकले निर्णय गरेको छ ।

सरकारी तथा निजी कार्यालयहरु तथा बैंक तथा बित्तीय संस्थामा सामाजिक दूरी कायम गरेर र उच्च स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सेवा प्रवाह गर्न पनि डिसिसिएमसीले निर्देशन दिएको छ । यसका साथै स्थानीय तहमा लाग्ने हाट बजारलाई निरुत्साहित गर्न पनि अनुरोध गरेको छ । त्यसका लागि स्थानीय तहले नियम गर्न डिसिसिएमसीले अनुरोध गरेको छ ।

कोरोना फैलन नदिन तत्काल जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी वल नेपाल र राष्ट्रिय अुनसन्धान जिल्ला कार्यालयका अधिकृत रहने गरी अनुगमन समिति गठन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

साथै जिल्लामा सञ्चालनमा रहेका उद्योग तथा कलकारखानाले आफ्नो कार्यालयमा कार्यरत कर्मचारीको १० प्रतिशत रहने गरी क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाउन पनि निर्देशन गरेको छ ।

धार्मिक मठ मन्दिरमा आनावश्यक भिडभाड हुन नदिन पनि बैठकले निर्णय गरेको छ । साथै सोको नियमन र अनुगमन गर्न स्थानीय तहलाई अनुरोध गर्ने बताएको छ ।

Share34Tweet21SendScan
Previous Post

पत्रकार उपेन्द्रनारायण मेहताको निधन

Next Post

१७ वर्षीया बालिका बलात्कार प्रकरण भोक्राहाका अध्यक्षलाई फेरि म्याद थप

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
यौन लिलामा लिप्त भोक्राहा गाउँ“पालिका अध्यक्ष यादव पक्राउ

१७ वर्षीया बालिका बलात्कार प्रकरण भोक्राहाका अध्यक्षलाई फेरि म्याद थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज २५, २०८३
Sun, October 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In