Sunday, October 1, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मुख्यमन्त्री

प्रदेश १ मा कोरोना : अलमलियो सरकार, असन्तुष्ट फ्रन्टलाइनर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
बैशाख १४, २०७८
in मुख्यमन्त्री, समाचार
संसदीय दलको नेताबाट मुख्यमन्त्री राईलाई हटाइयो

फाइल तश्विर

33
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी र सरकारी अस्पतालको आइसोलेसनमा विरामी बढेका छन् ।

आइतबारबाट आइसोलेसन सुरु गरेको नोबेल मेडिकल कलेजमा ७ जना विरामी छन् । विराट मेडिकल कलेजमा २२ र प्रदेश सरकारले सञ्चालन गरेको कोभिड १९ उपचार केन्द्रमा ३२ जना सङ्क्रमित छन् ।

 

कोभिड १९ उपचार केन्द्रको क्षमता १८० बेडको हो । तर सोमबारसम्म ३२ वटा मात्रै बेडमा विरामी राखिएको छ । जनशक्ति नभएका कारण नागरिक समाजले निर्माण गरिदिएको बेड प्रयोगविहीन छन् । नेशनल ट्रेड लिङ्कको दुईतले भवनमा बनेको उपचार केन्द्रको भुइँतलामा विरामी राखिएको छैन । अक्सिजनसहितको दोस्रो तलाका बेडमा मात्रै विरामी छन् ।

उपचार केन्द्रमा जनशक्ति कम हुँदा १२ घण्टासम्म पिपिई लगाएर काम गर्नुपर्ने अवस्था रहेको नर्स दिब्या श्रेष्ठले जानकारी दिइन् । १२ घण्टा डिउटी गरेपनि खाना र क्वारेन्टिन व्यवस्थित नभएको उनको गुनासो छ ।

यता सङ्क्रमण रोकथाम गर्ने जिम्मेवारी पाएको प्रदेश १ सामाजिक विकास मन्त्रालय भने अलमलिएको छ । गत चैत १३ गते नयाँ मन्त्री पाएको सामाजिक विकास मन्त्रालय पूर्व तयारीमा अल्मलिएको हो । मन्त्रालय अल्मलिदा कोरोना सङ्क्रमितको उपचारमा खटिएका फ्रन्टलाइनर आन्दोलनमा उत्रिएका छन् । जोखिम भत्ता, क्वारेन्टिन र खानाको माग गर्दै सोमबार काम छाडेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी आइतबारसम्म माग सम्बोधन गर्न अल्टिमेटम दिएर काममा फर्किएका छन् ।

गत वर्ष महामारी सुरु हुँदै गर्दा प्रदेश सरकार र स्थानीय तहले होल्डिङ सेन्टर तथा आइसोलेसन सेन्टर निर्माणसँगै सतर्कता अभियान सञ्चालन गरेका थिए । तर दोस्रो लहरले प्रभावित हुँदा पनि पूर्वतयारी देखिने गरी भएको छैन

कोरोना महामारीको पहिलो लहर सुरु हुँदा सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा जीवन घिमिरे थिए । उनी आफैं फिल्डमा खटिएर काम गरे । उपचारमा खटिने चिकित्सकका लागि होटलमा क्वारेन्टाइन राखे । तर १३ चैतमा मन्त्री नियुक्त भएकी उषाकला राई काम गर्न अलमलिएको मन्त्रालयका एक अधिकृतले बताए । कोरोना महामारीको समयमा घरेलु मदिरा ब्राण्डिङमा लागेको भन्दै कतिपयले उनको आलोचना गर्दै आएका छन् ।

मन्त्रालयले स्वास्थ्यकर्मीका लागि अस्पतालसँगै रहेको पुरानो बिल्डिङ क्वारेन्टिन बनाइदिएको छ । सरकारले तोकिदिएको क्वारेन्टिनमा बस्नसक्ने अवस्था नरहेको चिकित्सकले बताए । ‘घर जाँदा जोखिम हुन्छ, यहाँ बस्न सक्ने क्वारेन्टिन छैन,’ डाक्टर डिकेन्द्र महतोले भने, ‘खाना पनि डाइट मिल्ने छैन ।’

महामारीमा प्रोत्साहन गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सरकार निरुत्साहित गर्न लागिपरेको नेपाल चिकित्सक संघ कोसीका अध्यक्ष डाक्टर फरवार्ड शिलवाल बताउँछन् । ‘प्रदेश मात्र होइन केन्द्र सरकार पनि कोरोना सङ्क्रमण रोकथाम गर्न अल्मलिएको छ,’ डाक्टर शिलवालले भने, ‘प्रदेश सरकार स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो जोखिममा खटिएकाहरुलाई दिएको सुविधा कटौती गर्न लाग्छ ।’

महामारी तीव्र रुपमा फैलिएकाले पूर्व तयारीमा सरकारले अल्छी गरेको उनको गुनासो छ । ‘निजी अस्पतालहरुलाई तुरुन्त बेड तयार गर्न निर्देशन दिनुपर्ने हो,’ उनले थपे, ‘अत्यावश्यक सामग्री र जनशक्तीको व्यवस्थापन गर्न ढिलो भइसक्यो ।’ सङ्क्रमणको चेन ब्रेक गर्नका लागि लकडाउन आवश्यक रहेको उनको भनाइ छ ।

निजीले सुरु गरे उपचार

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै विराटनगरका निजी अस्पतालहरुले सङ्क्रमितको उपचारका लागि छुट्टै कोरोना उपचार केन्द्र सुरु गरेका छन् । विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजले छुट्टै कोरोना उपचार केन्द्र सुरु गरेका हुन् । न्यूरो अस्पतालले एक साता भित्र उपचार केन्द्र सञ्चालनको तयारी गरेको छ ।

नोबेल मेडिकल कलेजले १५० बेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । विराट मेडिकल कलेजले एक सय बेडको आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार गम्भिर प्रकृतिका विरामीलाई राख्नका लागि १० बेडको आइसियू पनि सुरु गरिएको छ । आइतबारबाट नोबेलले उपचार केन्द्र सुरु गरेको हो । पहिलो दिन नै ७ जना विरामी भर्ना भएको उनले बताए ।

विराट मेडिकल कलेजले वैशाख १० गतेबाट सङ्क्रमितका लागि छुट्टै उपचार केन्द्र सुरु गरेको आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । उनका अनुसार तीन दिनमा नै २२ जना सङ्क्रमित भर्ना भएका छन् ।

कोरोना महामारीको पहिलो फेजमा छुट्टै अस्पताल सञ्चालन गरेको न्यूरो अस्पताल विराटनगरले पनि छुट्टै आइसोलेसन केन्द्र सञ्चालनको तयारी गरेको छ । अस्पताल डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतका अनुसार केही दिनभित्र ५० बेडको कोभिड १९ उपचार केन्द्र सूरु हुनेछ ।

सचिव भन्छन्– काम गर्दैछौं

प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्की कोरोना सङ्क्रमण नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले काम गरिरहेको बताउँछन् ।

प्रदेश १ मा भारतसँग सीमा जोडिएका पाँच वटा नाका आवत जावतका लागि राखिएको बताउँदै उनले त्यहाँ होल्डिङ सेन्टर बनाउने तयारी भइरहेको बताए । सोमबार बसेको प्रदेशस्तरीय सिसिएमसी बैठकले नाकामा होल्डिङ सेन्टर निर्माण गर्ने निर्णय गरेको सचिव कार्कीले बताए ।

निजी अस्प्तालहरुमा पनि प्रदेश सरकारले समन्वय गरेर उपचार केन्द्र सञ्चालनमा आएको बताउँदै उनले भने, ‘आइसोलेसन पनि सञ्चालन गर्ने तयारी छ । तर कहाँ गर्ने भन्ने निर्णय भएको छैन ।’

स्वास्थ्यकर्मीले सङ्कटको बेला विभिन्न माग राखेर घुर्की लगाउन खोजेको उनको आरोप छ । कोसी कोभिड भन्दा ठूला अस्पतालमा स्वास्थ्यकर्मीले विरोध नगरी काम गरेको बताउँदै उनले केही स्वास्थ्यकर्मीले अनावश्यक रुपमा विरोध गरेको बताए ।

गत वर्ष महामारी सुरु हुँदै गर्दा प्रदेश सरकार र स्थानीय तहले होल्डिङ सेन्टर तथा आइसोलेसन सेन्टर निर्माणसँगै सतर्कता अभियान सञ्चालन गरेका थिए । तर दोस्रो लहरले प्रभावित हुँदा पनि पूर्वतयारी देखिने गरी भएको छैन ।

श्रोत :अनलाइन खबर

Share13Tweet8SendScan
Previous Post

१७ वर्षीया बालिका बलात्कार प्रकरण भोक्राहाका अध्यक्षलाई फेरि म्याद थप

Next Post

बंगलादेशले सिल गर्‍यो भारतसँगको सीमा

Related Posts

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित
FEATURE

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

टाेमराज मेहता  सुनसरी । नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे तेस्रो केन्द्रीय महाधिवेशनमा सुनसरीबाट चारजना मुस्लिम नेताहरु सम्मानित भएका...

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
Next Post
बंगलादेशले सिल गर्‍यो भारतसँगको सीमा

बंगलादेशले सिल गर्‍यो भारतसँगको सीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण
समाचार

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

by सुनसरी अनलाइन
अशोज ७, २०८०
0

सुनसरी । मुस्लिम समुदायको अगुवा मुस्लिम नेताहरुले आज सामाजिक सद्भाव कायम गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन्...

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

कोशी प्रदेश प्रहरीद्धारा दुई सय ९५ जना प्रशिक्षार्थी प्रहरी दीक्षीत

अशोज ७, २०८०
कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

कोशीमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने कार्कीको दावी

अशोज ७, २०८०
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

यो गठवन्धन निरन्तररूपमा पाँच वर्ष चल्नुपर्छ : कार्की

अशोज ५, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In