इटहरी : बालविवाहको आरोपमा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार वैशाख २७ गते (गएराति सोमबार) ९ बजेको समयमा जिल्लाको देवानगंज गाउँपालिका ५ पाल टोलमा बालविवाह हुँदैछ भन्ने सूचनाको आधारमा दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको हो फूलचन पालको घरमा सुनसरीको हरिनगर गाउँपालिका ४ बस्ने खोखाई पालको छोरा वर्ष २६ को मिथिलेश पाल र देवानगंग गाउँपालिका १ बस्ने रमानन्द पालको छोरी १८ वर्ष ८ महिनाकी कल्पना कुमारी पालसंग विवाह हुँदैछ भन्ने सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो । श्रोत :saptakoshionline.com
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...