इनरुवा । सुनसरीको हरिनगर गाउँपालिकाले १६ जनाको पीसीआर परीक्षण गर्दा दुई जनाको पोजेटिभ आएको छ ।
हरिनगर गाउँपालिका–१ स्थित रहेको भुटाहा जेनरल हस्पिटलमा हरिनगर गाउँपालिकाका १५ जना र देवानगञ्ज गाउँपालिकाका एक जनाले पीसीआर परीक्षण गर्दा दुई जनाको पोजेटिभ आएको हरिनगर स्वास्थ्य शाखाले जनाएको छ ।
हरिनगर र देवानगञ्ज गाउँपालिकाका एक÷एक जनामा पोजेटिभ देखिएको हो । उनीहरु मध्ये एक जनालाई भुटाहा जेनरल हस्पिटलको आइसोलेशन केन्द्रमा राखिएको र एक जना होम आइसोलेशनमा बस्ने गरी घर फर्किएको स्वास्थ्य शाखा हरिनगरले जनाएको छ ।
हरिनगर गाउँपालिकाले शनिवार पहिलो चरण अन्र्तगत कोरोना आशंका लागेका व्यक्तिहरुको नाम छनौट गरी १६ जनाको एन्टिजेन प्रक्रियाबाट उनीहरुलाई पीसीआर परीक्षण गरिएको बताइएको छ ।
हरिनगर गाउँपालिकाभरी पीसीआर गर्ने पालिकाका अध्यक्ष गफार अन्सारीले बताए । पहिलो चरणमा १६ जनाको नाम संकलन गरी सुरुवात गरिएको उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रण गर्न आफू पालिकाभित्र लागि परेको उनले बताए । प्रत्येक वडामा नाम संकलन गरी पीसीआर परीक्षण गर्ने तयारीमा रहेको उनको कथन छ ।