इनरुवा । सुनसरीका जिल्ला प्रशासन कार्यालयले पुन: एक साताको लागि निषेधाज्ञा थप गरेकाे छ ।
डिसिसिएमसिकाे आज बसेको बैठकले जेठ २२ गतेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएकाे छ । कार्यालयका अनुसार थपिएकाे समय अवधिमा निषेधाज्ञाकाे पुरानाे निर्णय अनुसार नै रहेकाे कार्यालयले जनाएकाे छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई सरकारले ल्याएको नयाँ अध्यादेश अनुसार कारबाही गर्ने निर्णय भएकाे सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले जनाएका छन्