सप्तरी । कुशवाहा राहत संकलन तथा बितरण महाअभियान खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री लिएर सप्तरीको हनुमाननगर पुगेको छ ।
कुशवाहा राहत संकलन तथा बितरण महाअभियानका संयोजक गुनानन्द महतो सहितको टोलीले खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री लिएर सप्तरीको हनुमानगर पुगेका हुन् ।
सप्तरीको हनुमाननगरका गरीव अति विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ सुरक्षा सामग्री प्रदान गरिएको अभियानले जनाएको छ ।
अहिलेको यो विषम घडिमा ज्याला मजदुरी गरेर जिबिको पार्जन गर्ने अति विपन्न परिवारहरुलाई छनोट गरि राहतमा चामल,दाल,नुन,तेल,आलु,स्वाबिन,चाउचाउ,बिस्कुट, मास्क,सेनिटाईजर र साबुन लगायतको सामग्री प्रदान गरिएको अभियन्ता बब्लु मेहताले जानकारी दिए ।
कुशवाहा राहत संकलन तथा बितरण महाअभियानका निर्देशक तथा सामाजिक अभियन्ता मनोज मेहताको नेतृत्वमा अति विपन्न १५ परिवारलाई सो बराबरको राहत बितरण गरिएको थियो ।
खाद्यान्न सामाग्री सप्तरीका विभिन्न ब्यक्तिहरुको सहयोगको राहत विरतण गरिएको महाअभियानका निर्देशक मनोज मेहताले बताए ।
महाअभियानका संयोजक गुनानन्द महतो लगायतका टिमले बिराटनगर महानगरपालिकाबाट सुरु गरेको अभियान सुनसरी र सप्तरी जिल्लाका गरिब तथा विपन्न परिवारको पहिचान गरि खाधन्न सहित स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका थिए ।
महाअभियानलाई निरन्तरता दिदै बाँकी जिल्लामा सहयोगी हातहरुको सहयोगमा राहत वितरण गरिने समेत संयोजक महतोले जानकारी दिएका छन् ।