राजविराज ।सप्तरीको बेल्ही भन्सारस्थित दशगाजा क्षेत्रको माटो(दुईब क चेकरी)अबैधरुपमा कान्छाराम कन्स्ट्रक्सनले बोर्डर आउट पोस्ट कै मिलोमतोमा उठाईरहेका छन।
बोर्डर-राजविराज सडक खण्डको लोखरम पुलसम्म दुबैपट्टी साइडमा बिछ्याउन सो माटो अबैधरुपमा उठाइरहेको स्थानीय मो. जुमरातीले बताउनुभयो ।
दशगाजा क्षेत्र भित्र एक इन्च माटो उठाउने नसक्ने भएपनि बिओपी भन्सारको प्रहरीको मिलोमतोमा नेपालपट्टीको माटो(दुइब क चेकरी) उठाइरहेको जुमरातीले बताउनुभयो ।
सशस्त्र प्रहरीको मिलोमतोमा कान्छाराम कन्स्ट्रक्सनले महगो मुल्य खर्चेर माटो उठाइरहेको छ।यसलाई पटकपटक रोक्ने प्रयास स्थानीयस्तरबाट भएतापनी निरन्तर रुपमा माटो उठाइरहेकै छ।आज शनिबार बिहानै देखी कामदार दशगाजा क्षेत्रमा माटो उठाइरहेको छ।सबै मुखदर्शक भएर बसेको छ स्थानीय मो.जाकिरले बताउनुभयो ।
यहाँको माटो कसको अनुमतिमा सो कन्स्ट्रक्सनले उठाइरहेको छ?यसरी दशगाजाको माटो उठाउन पाइन्छ ?के माटो गैरकानुनी रुपमा उठाएको हो कि कानुनले उठाउन सक्ने अनुमति दिएको छ?दशगाजाको माटो उठाउने कार्य अविलम्ब रोक्नुपर्ने होइनन् ??जस्ता जिज्ञासा् लागेर सप्तरीको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य संग सम्पर्क गर्न खोज्दा फोन उठेन!