Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home विश्व

अफगानी सत्ता पल्टाउने तालिबानका मुख्य कमाण्डर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन ३१, २०७८
in विश्व
अफगानी सत्ता पल्टाउने तालिबानका मुख्य कमाण्डर
38
SHARES
Share on FacebookShare on Twitter

सन् २००१ मा शक्तिबाट च्युत भएपछि पश्चिमाहरूको समर्थनमा बनेको अफगानी सरकारविरुद्ध तालिबानले निरन्तर लडिरहेको थियो ।

सन् १९८० मा सोभियत फौज हटेपछि अमेरिकी सहयोगमा उदाएको तालिबान मूलतः मुजाहिद्दीन नामक लडाकु दस्ताका सदस्यबाट उदाएको हो । तालिबान सन् १९९४ मा स्थापना भएको हो, जुन गृहयुद्धको एउटा गुटबाट जन्मिएको थियो । दुई वर्ष अर्थात सन् १९९६ सम्म तालिबानले इस्लामिक कानुन लागू गर्ने भन्दै मुलुकको धेरैजसो ठाउँ आफ्नो कब्जामा लिएको थियो ।

विपक्षी र पश्चिमा मुलुकले इस्लामिक कानुन लागू गराउने नाममा क्रूर हिंसात्मक बाटो अपनाएको र धार्मिक अल्पसंख्यकलाई दबाएको आरोप लगाउँदै आएका छन् । तालिबानका संस्थापक नेता मुल्लाह मोहम्मद ओमार हुन् । ओमार ११ सेप्टेम्बर २००१ मा अमेरिकाको ट्विनटावरमा आक्रमण भएपछि भूमिगत भए । यो आक्रमणपछि अफगानी स्थानीय फौजलाई अमेरिकाले सहयोग गर्दै सैन्य गठबन्धन गर्‍यो । त्यसपछि तालिबान तितरबितर बनेको थियो ।

उनी यतिसम्म गुप्तबास भए कि उनको मृत्यु भएको समेत दुनियाँले दुई वर्षपछि मात्र चाल पायो । सन् २०१३ मा ओमारको मृत्यु भएको खबर दुई वर्षपछि मात्र उनका छोराले पुष्टि गरेका थिए । विदेशी सैनिक फौज अफगानिस्तानबाट हट्न थालेसँगै तालिबानले फेरि एकपटक आफ्नो सैनिक क्षमता बढायो र क्रमशः मुलुकको धेरै भाग कब्जा गर्‍यो ।

तालिबानले राजधानी काबुल नै कब्जामा लिन अघि बढेकै विद्रोही पक्षले बलपूर्वक सत्ता नलिने भन्यो । त्यसपछि गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवाले पनि शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने सार्वजनिक अभिव्यक्ति दिए । लगत्तै तालिबानका प्रतिनिधि वार्ताका लागि राष्ट्रपति भवन पुगेका छन् । सन् २००१ यता तालिबान आन्दोलनलाई यो चरणसम्म ल्याइपुर्‍याउने ६ मुख्य कमाण्डर यस्ता छन् ।

हैबतुल्लाह अखुन्जादा 

बफादार धार्मिक नेताका रूपमा चिनिने हैबातुल्लाह इस्लामिक कानुनका विज्ञ हुन् । तालिबानको सर्वोच्च नेता उनीसँग यो समूहको राजनीतिक, धार्मिक र सैनिक अधिकारको अन्तिम निर्णय छ । यसअघिका सर्वोच्च नेता अख्तर मन्सुर सन् २०१६ मा अफगानिस्तान र पाकिस्तानको सीमामा अमेरिकी ड्रोन आक्रमणमा मारिएपछि अखुन्जादाले नेतृत्व सम्हालेका हुन् ।

मे २०१६ मा अचानक गायब हुनुअघि १५ वर्षसम्म अखुन्जादाले दक्षिणपश्चिम पाकिस्तानमा पर्ने कुचलाकको मस्जिदमा पढाउँथे ।अखुन्जादाको उमेर ६० वर्षको हाराहारीमा रहेको अनुमान छ । उनी कहाँ छन् भन्ने अज्ञात नै छ ।

मुल्लाह मोहम्मद याकुब

याकुब तालिबानका संस्थापक नेता मुल्लाह ओमरका छोरा हुन् । तालिबानको सैन्य फाँटको नेतृत्व गर्ने उनी अफगानिस्तानभित्रै बस्ने स्थानीय सञ्चारमाध्यमको दाबी छ ।  यसअघि नेतृत्व परिवर्तनको प्रतिस्पर्धा हुँदा उनलाई पटक-पटक मुख्य नेतृत्व सुम्पिने प्रस्ताव गरिएको थियो ।

तर, याकुबले सन् २०१६ मा अखुन्जादालाई अगाडि सारे । आफू कम उमेरको भएको र युद्धभूमिको अनुभवको अभाव देखाउँदै उनी नेतृत्व लिनबाट पन्छिएको बताइन्छ । याकुबको उमेर ३० वर्ष मात्र भएको लख काटिन्छ ।

सिराजुद्दिन हक्कानी

सिराजुद्दिन मुजाहिद्दिनका कमान्डर जलालुद्दिन हक्कानीका छोरा हुन् । उनी हक्कानी सञ्जालका नेता पनि हुन् । यो सञ्जालले अफगानिस्तान र पाकिस्तान सीमामा तालिबानको वित्तीय र सैनिक परिचालनको कार्य गर्छ ।

अफगानिस्तानमा आत्मघाती बम आक्रमणको सुरुवात हक्कानीहरूले नै गराएको धेरैको विश्वास छ । काबुलको होटलमा भएको आक्रमण, तत्कालीन राष्ट्रपति हमिद कारजाइको हत्याप्रयासजस्ता हाइप्रोफाइल आक्रमण यही सञ्जालले गराएको ठानिन्छ । सिराजुद्दिनको उमेर ५० वर्ष भएको अनुमान छ ।

मुल्लाह अब्दुल घानी बरादर

 

बरादर तालिबानका संस्थापकमध्ये एक हुन् । तालिबानको राजनीतिक नेतृत्व उनैले गर्छन् । कतारको दोहामा अमेरिकासँग वार्ता गर्ने समूहमा उनी पनि सामेल थिए । केही महिना अघि मात्रै यो वार्ता निष्कर्षहीन बनेको थियो । उनी मुल्लाह ओमारका सबैभन्दा विश्वासिला कमान्डरमध्ये एक हुन् । बरादर पाकिस्तानको कराचीमा सन् २०१० मा पक्राउ परेका थिए भने सन् २०१८ मा मुक्त भए ।

शेर मोहम्मद अब्बास स्तानिकजाइ

अघिल्लो पटक तालिबान सत्तामा हुँदा स्तानिकजाइ उपमन्त्री थिए । सत्ताच्यूत भएपछि उनी करिब एक दशक दोहामा बसे । सन् २०१५ मा उनी दोहास्थित तालिबानको कार्यालय प्रमुख बने । सरकारसँगको वार्तामा सहभागी बनेका उनले तालिबानको कूटनीतिक टोलीमा सहभागी भएर  विभिन्न मुलुक भ्रमण गरेका छन् ।
अब्दुल हकिम हक्कानी

हक्कानी तालिबानको वार्ता टोलीका प्रमुख हुन् । उनी तालिबानको पूर्व छायाँ अदालतका प्रधान न्यायाधीश समेत हुन् । धार्मिक विद्वानहरूको परिषद्का प्रमुख समेत रहेका उनी अखुन्जादाका विश्वासिला मानिन्छन् । यो परिषद् तालिबानको शक्तिशाली संगठन मानिन्छ । श्रोत ः shilapatra.com

Share15Tweet10SendScan
Previous Post

चर्चा चुलिएपछि प्रविशा भन्छिन्–‘विवादमा पर्छु कि भन्ने डर लाग्थ्यो’

Next Post

कविता : हामी को हौँ ?

Related Posts

प्रसिद्ध गायिका लता मंगेशकरको निधन
मनाेरञ्जन

प्रसिद्ध गायिका लता मंगेशकरको निधन

by सुनसरी अनलाइन
माघ २३, २०७८
0

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो ।...

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित
विश्व

सहारा मरुभूमिमा हिमपात परेपछि विश्व चकित

by सुनसरी अनलाइन
माघ १२, २०७८
0

विश्वका चर्चित मरुभूमिमध्ये एक सहारा मरुभूमिमा विगत ३ दिन देखि हिमपात भइरहेको छ । यो मरुभूमिमा भएको हिमपातले विश्व जगत...

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

बंगलादेशमा यात्रु बोकेको पानीजहाजमा आगलागी हुँदा ३२ जनाको मृत्यु

पुस ९, २०७८
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

पुस ७, २०७८
विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

पुस ५, २०७८
बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

मंसिर २७, २०७८
Next Post
कविता : हामी को हौँ ?

कविता : हामी को हौँ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In