इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर कार्य समितिको सभापति पदमा तीनबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।
इनरुवा नपाका प्रमुख एवं पूर्व नगर सभापति राजेन मेहता, इनरुवा ३ निवासी सितोष पोखरेल र इनरुवा २ निवासी योगेन्द्र प्रसाद मेहताले सभापति पदका लागि मनोनयन दर्ता गराएका थिए भने उनीहरुबीच सहमति हुन नसकेपछि चुनावको माध्यमबाट प्रतिस्पर्धा हुने निश्चित भएको हो ।
त्यसैगरी उपसभापति पदमा पाँच जनाले मनोनयन दर्ता गरेका छन् । उपसभापति पदमा विनिता दाहाल, मोहम्मद इमताज, दिपक कुमार सुवेदी, बौवालाल मेहता र प्रदीप ढकालले मनोनयन दर्ता गरेका हुन । यसैगरी सचिव पदमा तीन जनाले मनोनयन दर्ता गरेका छन् । सचिव पदमा राकेश निरौला, सन्तोष शर्मा र खेमराज थापाले मनोनयन दर्ता गरेका हुन् ।
यसैगरी सहसचिव पदमा शेखरनाथ पोखरेल, जयप्रसाद साहले मनोनयन दर्ता गरेका हुन् । शनिवार निर्वाचन कार्यतालिका अनुसार निर्वाचन हुने निर्वाचन अधिकृतले जनाएको छ ।