Wednesday, September 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मतदान अधिकृतले प्रकाशन गरेको सूचनाका कारण भोक्राहा–नरसिंहको चुनाव अन्योलमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मतदान अधिकृतले प्रकाशन गरेको सूचनाका कारण भोक्राहा–नरसिंहको चुनाव अन्योलमा
67
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा कांग्रेसको अधिवेशनका लागि निर्वाचनको लागि खटिएका मतदान अधिकृतले प्रकाशन गरेको सूचना त्रुटीपूर्ण पाएपछि सर्वसाधारणहरु आक्रोसित भएका थिए ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि शुक्रवार निर्वाचन कार्यतालिका अनुसार भोक्राहा नरसिंह गाउँपालिकामा मतदान अधिकृतले कार्यतालिका अनुसार कार्य गरेका थिए । निर्वाचन कार्यतालिका अनुसार नेपाली कांग्रेसका सभापति सहितका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका थिए ।

दावीविरोधको समयमा भोक्राहा नरसिंहका इलियास मियाले सभापति पदका उम्मेदवार राजेन्द्र प्रसाद मेहता स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको समर्थक बसेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग सहित मतदान अधिकृतलाई निवेदन पेश गरेका थिए । स्थानीय तहको निर्वाचनमा भोक्राहा नरसिंहको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार मुन्तजिर मियाको प्रस्तावक अजमल अख्तर हुसैनको भाई अकमल हुसैन र समर्थक राजेन्द्र प्रसाद मेहता रहेका थिए ।

स्थानीय तहको निर्वाचनमा सवारी साधन प्रयोजनका लागि उनीहरु समर्थक र प्रस्तावक बनेका थिए । त्यतिबेला नेपाली कांग्रेसको तर्फबाट पालिका अध्यक्षका प्रत्यासी उम्मेदवार अजमल अख्तर र उपाध्यक्ष अन्जु मेहताको प्रचार प्रसारका लागि स्वतन्त्र उम्मेदवारको सवारी साधन प्रयोग गरिएको थियो ।

निज स्वतन्त्र उम्मेदवारको प्रस्तावक र समर्थक बस्नुको उद्देश्य पनि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनु नै रहेको मेहताको दावी छ । नेपाली कांग्रसका तत्कालीन प्रत्यासी उम्मेदवार हुसैनका भतिजा तत्कालीन स्वतन्त्र उम्मेदवार थिए ।
आन्तरिक सहमतिमा नै मुन्तजिर आलमले स्वतन्त्र उम्मेदवारी दिएका थिए । ततपश्चात वडा अधिवेशनमा कुनै वाद प्रतिवाद गरिएन तर अहिले पालिका अधिवेशनका समयमा सभापतिका प्रत्यासी बनेपछि मेहतालाई बदनाम गराउने नियतले सो कुरा उठाइएको मेहताका समर्थकहरुको दावी रहेको छ ।

सोही विषयलाई आधार मानेर हालिएको उजुरीपछि उम्मेदवारी दर्ताका क्रममा विवाद उत्पन्न भएपछि शनिवार बिहान ८ बजेसम्मका लागि निर्वाचनका कार्यक्रमहरु स्थगित गरिएको थियो । निर्वाचन अधिकृतले प्रकाशित गरेको सूचनामा विषय र व्यहोरा फरक भएको पाइएपछि स्थानीयहरु आक्रोसित बनेका थिए ।

सूचनाको बिषय अनुसार व्यवहोरा लेखिएको नपाइएपछि सर्वसाधारणहरुले मतदान अधिकृतको सूचनाले मतदाताहरुलाई भुकयाउने काम गरेको हुँदा अर्को सूचना प्रकाशन गर्न लगाइएको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेस जिल्ला निर्वाचन अधिकृत उत्तम पौडेलले सूचनाको विषय जस्तै व्यवहोरा लेखिएको दाबी गरेपनि सूचनामा भनेजस्तो नपाएको भोक्राहा नरसिंहका क्षेत्रीय प्रतिनिधिहरुले बताए । भोक्राहा नरसिंहका क्षेत्रीय प्रतिनिधिहरुले मतदान अधिकृत लोक राज बस्नेत र जिल्ला निर्वाचन अधिकृत उत्तम पौडेलले मतदाताहरुलाई दौधारमा पार्न खोजेको आरोप समेत लगाए । मतदान अधिकृत बस्नेत र जिल्ला निर्वाचन अधिकृत पौडेलले सूचनामा बिषय अनुसारकै व्यहोरा भएको दाबी गरेपनि मतदान अधिकृत बस्नेतको हस्ताक्षरमा पुनः सच्याएर सूचना प्रकाशन गरेपछि माहौल साम्य भएको थियो ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिका सभापति पदमा तीन जनाले मनोनयन दर्ता गरेका थिए । युवराज दाहाल, देवनारायण महतो र राजेन्द्र प्रसाद मेहताले सभापति पदमा मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन अधिकृत बस्नेत र जिल्ला निर्वाचन अधिकृत पौडेलले सम्झौता भएअनुसार सूचना प्रकाशन नगरेकोले उनीहरुको नियत नै खराब रहेको मतदाताहरुको भनाई छ । शनिवार बिहान ८ बजे सम्मका लागि निर्वाचन कार्यक्रमहरु स्थगित भएकोलाई शनिवार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सूचारु गर्ने सूचनामा उल्लेख गरिएपछि मतदाताहरुले निर्वाचन अधिकृत पौडेलले धाँधली गर्न खोजेको आरोप समेत लगाएका छन् ।

नेपाली कांग्रेस भोक्राहा नरसिंहको सभापति पदमा उम्मेदवार युवराज दाहाल कोइराला निकट हुन भने अर्का सभापति पदका उम्मेदवार राजेन्द्र प्रसाद मेहता देउवा निकट हुन् । वडा अधिवेशनमा कोइराला र देउवा निकटका उम्मेदवारहरुलाई दुबै पक्षले आ– आफना पक्षमा नेतृत्व ल्याउन सफल भएपनि पालिका अधिवेशनमा देउवा निकटका सभापति पदका उम्मेदवार राजेन्द्र प्रसाद मेहता बलियो देखिएपछि दावीविरोधको समयमा इलियास मियाले उजुरी गरेपछि विवाद उत्पन्न भएको थियो । दुबै पक्षमा विवाद उत्पन्न भएपछि कोइराला र देउवा पक्षका पाँच÷पाँच जना शनिवार बिहान ८ बजेपछि सहमतिको वातावरण तयार गर्नका लागि बस्ने एक प्रकारको सहमति भएको बुझिएको छ ।

Tags: नेपाली कांग्रेसभोक्राहा नरसिंहसभापति पदका उम्मेदवार
Share27Tweet17SendScan
Previous Post

“हामीलाई रिफर होइन उपचार चाहियो” चौथो दिन पनि धर्ना

Next Post

गृहमन्त्री खाँडको आडमा अन्जु झा को आतंक, पत्रकार पटेल माथी हमला

Related Posts

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
Next Post
गृहमन्त्री खाँडको आडमा अन्जु झा को आतंक, पत्रकार पटेल माथी हमला

गृहमन्त्री खाँडको आडमा अन्जु झा को आतंक, पत्रकार पटेल माथी हमला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, भदौ २४, २०८३
Wed, September 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In