Saturday, May 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

पार्टीलाई बलियो बनाउन भूमिका खेल्छु ः मेहता

मधेशा युवा टिमद्वारा नगरसभापतिलाई स्वागत तथा सम्मान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १५, २०७८
in समाचार, स्थानीय समाचार
पार्टीलाई बलियो बनाउन भूमिका खेल्छु ः मेहता
30
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–६ का मधेशा युवा टिमले नवनिर्वाचिच नेपाली कांग्रेस इनरुवा नगरसभापति राजन मेहतालाई स्वागत तथा सम्मान गरेको छ ।

मधेशा युवा टिमको आयोजनामा इनरुवा–६ मधेशामा स्वागत तथा सम्मान कार्यक्रमको मंगलवार आयोजना गरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा असोज ९ गते सम्पन्न भएको नगर अधिवेशनबाट नगर सभापतिमा तेस्रो पटक नेतृत्व लिन सफल भएको भन्दै मधेशा युवा टिमले स्वागत तथा सम्मान गरेको हो ।

इनरुवा नगरपालिकाका नगर प्रमुख समेत रहेका मेहता तेस्रो पटक नेपाली कांग्रेसको इनरुवा नगर सभापतिमा बिजयी भएपछि इनरुवाबासी खुशी भएका छन् । इनरुवाका १० वटै वडाका वडा सभापति र क्षेत्र प्रतिनिधिहरुको रोजाईमा परेपछि उनी भारी मतले बिजयी भएका हुन् ।

नेपाली कांग्रेसको पार्टीलाई हाक्न सक्ने योग्य र अनुभवी व्यक्ति भएकाले उनलाई निर्वाचित गराएको मतदाताहरुको भनाई छ । दुई कार्यकाल सहमतिमै नगर सभापति पाएका मेहता यसपटक भने सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट भारी मतले बिजयी भएको हो ।

नगर सभापतिमा २ सय १९ मत ल्याएर नगर सभापतिमा बिजयी भएपछि मतदाताहरुको आंकक्षा पुरा भएको बुझिएको छ ।
नेपाली कांग्रेस इनरुवा नगर सभापति पदमा नवनिर्वाचित मेहताले आपूmले पाएको जिम्मेवारी पुरा गर्ने समेत बताए । सुरसेर दैनिकसँगको कुराकानीमा मेहताले नगरबासीको इच्छा र आंकक्षालाई अगामी दिनमा पुरा गर्ने र पार्टीमा युवा पुस्ताको प्रवेशलाई बढी प्राथमिकता दिई नेतृत्व दिनेमा कुनै कन्जुस्याई नगर्ने बताए । नगरबासी, अग्रज व्यक्ति, नागरिक समाज, बुद्धिजिवी, युवा, महिला र ज्येष्ठ नागरिकलाई सम्मान गर्दै अगाडी बढ्ने उनले बताए ।

नेपाली कांग्रेसको पार्टीलाई नमुना बनाउन आपूm प्रयासरत रहने समेत उनको भनाई छ । कांग्रेसको १४ औं महाधिवेशनबाट आपूmलाई निर्वाचित गराएकोले सबैको सल्लाह र सुझावलाई मध्यनजर गर्दै संगठनलाई मजबुत बनाउने कार्यमा अहम भूमिका रहने समेत नगर सभापति मेहता बताउँछन् ।

अगामी स्थानीय तहको निर्वाचनमा इनरुवाका मेयर, उपमेयर, र सबै वडाहरुमा कांग्रेसबाट टिकट पाएकाहरुलाई बिजयी गराउन अहोरात्र खटेर भएपनि जनप्रतिनिधि बनाउन कुनै कसर बाँकी नराख्ने समेत नवनिर्वाचित नगर सभापति मेहताको कथन छ । त्यसैगरी अगामी निर्वाचनमा प्रदेश र संघीय क्षेत्रका उम्मेदवारलाई समेत जिताउनका लागि काँधमा जिम्मेवारी आएकोले पुरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

आपसी सहमति हुन नसकेपछि लोकतान्त्रिक विधि निर्वाचन हो, उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन हो, त्यसैले आफु लोकतन्त्रमा विश्वास गरेकोले सुन्दर पक्षलाई अंगालेर अगाडी बढेको हुदाँ सफलता पाएको छु । निर्वाचन सकिएकोले अब हामी सबै नेपाली कांग्रेस भएकोले एक जुट भएर पार्टीलाई बलियो बनाउन तर्फ एक ढिक्का हुन आवश्यक भएको समेत उनले बताए । आपसी समझदारी, सहमति, सहकार्य र एकताबाट पार्टीलाई सुदृढीकरण गर्दै सशक्त भएर अगाडी बढनुपर्नेमा उनले जोड दिए ।

मधेशा युवा टिमका अध्यक्ष उत्तम कुमार कार्की अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुमन बि.क, अनुज कार्की, आशिष् चुहान ,राम बाहादुर कटुवाल, बिष्णु माया थापा क्षेत्रि, गणेश बहादुर बस्नेत, लिलाभक्त कार्की, प्रदिप कटुवाल नगेन्द्र कार्की, कुमार कार्की,टुकलाल दाहाल,रवन फुयेल ,मीन बहादुर खडका, छबिलाल मोचि,ललित बाहादुर घिमिरे र गिम बहादुर खडका लगायतकाले सम्मान गरेका थिए ।

Share12Tweet8SendScan
Previous Post

हरिनगरा र लौकहीमा प्रहरी निरीक्षकको व्यवस्था गर्न गृहमन्त्रीसँग माग

Next Post

दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ ४, २०८२
Sat, May 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In