सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका संगम चौकमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु छ ।
बराहक्षेत्र नगरपालिका ७ संगम चौकका ४७ बर्षीय अर्जुन खड्काको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।
आज बिहान बराहक्षेत्र नगरपालिका ८ स्थित मा रहेको जंगलमा साजको रुखमा चढी बाख्रालाई घाँस काट्ने क्रममा अचानक लडि खड्का घाइते भएका थिइ । उनको घोपा धरानमा उपचारको क्रममा बिहान ९ बजे मृत्यू भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।