इनरुवा । नेकपा (माओवादी केन्द्र) को सामुदायिक संगठन मुस्लिम मुक्ति मोर्चा नेपाल, मोरङले बुधवार बुढीगंगा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको छ ।मोर्चाको प्रदेश सह–संयोजक मन्सुर आलमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा मोहम्मद ताहिर मियाँको अध्यक्षतामा २७ सदस्यीय कार्यसमिति गठन भएको छ । समितिमा शमीम मियाँ उपाध्यक्ष, मोहम्मद ताविज सचिव, मोहम्मद इरफान सहसचिव र जोबैदा खातुन कोषाध्यक्षमा सर्वसम्मतिले निर्वाचित भएका छन् ।.
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य उपेन्द्र राय, प्रदेश ४ख पार्टी संयोजक ताजिम अन्सारी, पार्टी गाउँपालिका इञ्चार्ज ईश्वरी आचार्य, गाउँ पार्टी अध्यक्ष डिल्ली आचार्य, प्रदेश १ मुस्लिम मुक्ति मोर्चा नेपालका सचिब मोहम्मद जहाँगीर (सद्दाम), मोर्चाका केन्द्रीय सदस्य हाजी जियाउल हुसेन, मोहम्मद मुन्ना, मोर्चा जिल्ला सचिब रेहान आलमको उपस्थिति रहेको थियो ।
कार्यक्रममा १२० संगठित सदस्यलाई पार्टी पद्धति, विचार र मोर्चाको उद्देश्यबारे प्रशिक्षण दिइएको थियो ।
मोरङ मुस्लिम मुक्ति मोर्चाले १७ वटै पालिकामा अधिवेशन गर्ने मिति तोकेर कार्ययोजना बनाई अधिवेशन सम्पन्न गर्ने जिल्ला सचिव रेहान आलमले बताए ।