लौकही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनको लागि उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् । ४ वटा क्षेत्र रहेको सुनसरी जिल्लामा मंसिर ३ गतेदेखि हुन गइरहेको निर्वाचनको लागि उम्मेदवारीहरुले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका हुन ।
सुनसरी क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका वर्तमान सभापतिसँगै कोशी गाउँपालीकाका अध्यक्ष समेत रहेका ऐयुब अन्सारीविरुद्ध जमिल अख्तर आजादले क्षेत्रीय सभापतिका लागि प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।
क्षेत्रीय सभापति निर्वाचित भएपछि नेपाली कांग्रेस पार्टीलाई एकीकृत गर्दै पहिलोपटक संघीय संरचनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा अधिकांश उम्मेदवारलाई जिताउन सफल भएका ऐयुब अत्याधिक मतले जित्ने सम्भावना प्रवल देखिएको नेपाली कांग्रेस कोशी गाउँपालीकाका उपसभापति रघुनाथ देवको भनाइ छ ।
ऐयुब अन्सारीले पाएका अवसरलाई सदुपयोग गर्दै कांग्रेस पार्टीलाई बलियो बनाउने काम गरेका छन्,उनले भने, ‘त्यसैले क्षेत्र नम्बर ४ मा उहाँबाहेक अर्को कुनै विकल्प छैन ।’ अर्को खेमाबाट ऐयुबविरुद्ध सभापति पदमा उम्मेदवारी दिएका जमिललाई नेपाली कांग्रेस नेताकार्यकर्ताले पत्याउने कारण नदेखिएको कोशी गाउँपालीका नेपाली कांग्रेसका सहसचिव जगदीश कामैतको दाबी छ ।
क्षेत्रीय सभापतिका लागि ऐयुब अन्सारीको नेतृत्वमा इनरुवा नगरपालिका–३ का रोशन खड्का र भोक्राहा नरसिंह गाउँपालीका–३ का जुगेश्वर यादव सचिव र जितेन्द्र यादव सहसचिव पदका उम्मेदवार देखिएका छन् भने अर्को खेमाबाट जमिल अख्तरको नेतृत्वमा सचिवमा इनरुवाका धीरज भट्टराई र हरिनगरका पूर्णराज यादवले प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन् ।
ऐयुब अन्सारीको नेतृत्वमा सुनसरी क्षेत्र नम्बर ४ बाट सम्भावित महाधिवेशन प्रतिनिधि उम्मेदवारका रूपमा गफार अन्सारी, सिकिमलाल यादव, डाक्टर प्रमोद खेरबार, अनिता यादव, सदानन्द मण्डल, शत्रुघन यादव, सुलेमान हाजी, अबुल हुसेन, अनु गुरुङ, शुशिला खनाल पौडेल, भीम कटुवाल,रेवतीरवण दुलाल, भीमसिंह गुरुङ, मनिष चौधरी, शंकर बस्नेत, ओम कोइराला, राधिका कटुवाल, मिरा पोखरेल, हरिलाल मेहता, नन्द सिग्देल, बाबुराम विष्ट,मुना अधिकारी,मनोज साहलगायत देखिएका छन् ।