इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनर्तगत आज जिल्ला अधिवेशनका लागि मतदान सुरु भएको छ । सुनसरीको इनरुवा–१ को जेल फिल्डको मतदान केन्द्रमा मतदान सुरु भएको हो । मतदान केन्द्रमा बिहान ८ बजेदेखी सुरु हुनेभनिएपनि मतपत्र समयमै नछापिएको कारण तीन घण्टा ढिलो मतदान सुरु भएको हो ।
नेपाली कांग्रसको जिल्ला अधिवेशनमा दुई समुहका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । देउवा समुहबाट सभापति पदका उम्मेदवार संजय श्रेष्ठ सहितको प्यानल र कोइराला–पौडेल समुहबाट सभापति पदका उम्मेदवार केदार भण्डारीको प्यानल चुनावी मैदान उत्रिएको हो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत वडा, पालिका, प्रदेश र क्षेत्रमा अधिवेशन सम्पन्न भएपछि आज सुनसरीको इनरुवामा मतदान कार्य सुरु भएको हो । उम्मेदवारहरुले आ–आफना समुह बनाई मतदान स्थलमा मत माग्ने क्रम जारी रहेको छ भने मतदाताहरुले चर्को घामको बाबजुत पनि लाइनमा लागेर मतदान गरिरहेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएर आएका २ हजार ९ सय ३७ मतदाताहरुले आज मतदान गर्नेछ । कडा सुरक्षाको घेरामा मतदान सुरु भएको छ ।
देउवा समुहबाट उपसभापति पदका उम्मेदवार गफार अन्सारी र महेश दत रहेका छन भने कोइराला–पौडेल सुमहबाट उपसभापति पदमा पंकज महतो र नगेश चन्द्र राईबीच कडा प्रतिस्पर्धा हुँदैछ ।
त्यसैगरी देउवा समुहबाट सचिव पदका उम्मेदवार बिरेन्द्र साह र रन्जेश भट्टराई तथा कोइराला–पौडेल समुहबाट प्रमोद पोखरेल र माधव कुमार घिसिङ्गबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।
त्यसैगरी देउवा समुहबाट सह–सचिव पदका उम्मेदवार मनिष कुमार राय र गणेश सुब्बा तथा कोइराला–पौडेल समुहबाट गिरधारी साह र सुनिल कुमार साहबीच प्रतिस्पर्धा हुँदैछ । सहसचिव पदका अर्का उम्मेदवारहरु रमेश कटुवाल र कालुराम चौधरी पनि चुनावी मैदानमा उत्रिएका हुन् । सह–सहचिव पदमा ६ जनाले शनिवार उम्मेदवारी दर्ता गराएका थिए । अन्य पदका दुवै समुहका उम्मेदवाहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।
मतदाताहरुले आ–आफना प्यानलका उम्मेदवारहरुलाई बिजयी गराउनका लागि मतदान केन्द्रमा लाइनमा मतदान गर्ने क्रम जारी रहेको छ ।