सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका २ बाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । लागुऔषध सहित पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका २ को ३८ बर्षिय कालु बहादुर राई रहेका छन् ।
आइतवार बेलुका साँढे ५ बजे बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलिले राईको साथबाट डाइजेपाम ३१ एम्पुल, लुपिजेसिक, एम्पुल ३० एम्पुल, फेनारगन ३३ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय चतराबाट थप अनुसन्धान भईरहेको छ ।