इनरुवा । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको प्रथम बैठकबाट नगर कार्यलसमितिकी सदस्य सरला बस्नेतलाई कोषाध्यक्षमा मनोनीत गरेको छ । नेपाली कांग्रेस इनरुवा नगर कार्यसमितिको मंगलबार बसेको बैठकबाट नगर कोषाध्यक्षमा बस्नेतलाई मनोनित गरेको हो ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा सम्पन्न भएको बैठकबाट नगर कोषाध्यक्षमा बस्नेतलाई सर्वसहमतिबाट निर्णय पारित भएको इनरुवा कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस इनरुवा नगरका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको बैठकले नगर कोषाध्यक्षमा बस्नेतलाई चयन गर्दै हालको समितिलाई छुट्याएर मूल कार्य सम्पादन समिती निर्माण गर्ने, नगर कार्यसमितीलाई मनोनित गरी पूर्णता दिने, मतदाता नामावलीमा छुट भएकाहरुलाई जानकारी गराउने निर्णय पारित भएको नगर सचिव खेम थापाले जनाएको छ । नगर कार्यसमिति कोषाध्यक्षमा वस्नेतलाई बैठकले अनमोदन समेत गरेको छ ।












