चतरा । नेपाली काँग्रेस वराहक्षेत्रका युवा नेता वडा नं १० कार्य समितिका सभापति तेजबहादुर गुरुङले वडामा रहेका न्यून आय तथा विपन्न परिवारको घर–घरमा पुगेर माघे सङ्क्रान्ति लक्षित परिकारको खाद्य सामाग्री उपहार स्वरूप वितरण गरेका छन् ।
लकडाउनमा खाद्यान्न, मास्क, साबुन, स्यानिटाइजर बोकेर घर–घर पुगेका तेजबहादुरले शुक्रबार दिउसो नै माघे सङ्क्रान्तिको अघिलो दिन प्रति परिवार आदी केजी तिल र आदी केजी सख्खर र भुजा लिएर ५५ परिवारलाई वितरण गरेका हुन् ।
बराहक्षेत्र–१० मा रहेको लालवस्ती लगाएका टोलमा रहेका विपन्न परिवारकोमा पुगेर व्यक्तिगत रुपमा सहयोग गरेको तेजबहादुरले बताए । अती विपन्न तथा न्यून आय भएका प्रायः दलित तथा बिछडावर्ग परिवारलाई तिल र सख्खर वितरण गरेका हुन् ।
चाडपर्वमा थोरै भए पनि सहयोगले सानाछोराछोरीको मुहारमा खुसी छावोस भन्ने उदेश्यले सहयोग गरेको र यसरी सहयोग गर्दा आफुलाई खुशि मिल्ने तेजबहादुर बताउछन् ।