Friday, October 9, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेतृत्व तथा संस्थागत विकास तालिम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेतृत्व तथा संस्थागत विकास तालिम
124
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । बहिरा हित तथा संरक्षण समाज इनरुवा सुनसरीको आयोजना र इनरुवा नगरपालिका आर्थिक सहयोगमा ४५ दिने नेपाली सांकेतिक भाषा तालिम उद्घाटनसँगै एक दिने नेतृत्व तथा संस्थागत विकास तालिम आइतवार सम्पन्न भएको छ ।

“सांकेतिक भाषाका साथ सबै जनाको समावेशीकरण” भन्ने नाराका साथ एक दिने नेतृत्व तथा संस्थागत विकास तालिम सम्पन्न भएको आयोजकले जनाएको छ । इनरुवा उद्योग वाण्ज्यि संघको सभाहलमा सो तालिम सम्पन्न भएको हो ।

दोभाषेहरुलाई डेढ महिने नेपाली सांकेतिक भाषा सम्वन्धी तालिम सुरु भएको छ । बहिरा हित तथा संरक्षण समाज इनरुवाले दोभाषेहरुलाई सांकेतिक भाषा सिकाउनका लागि तालिम आयोजना गरिएको जनाएको छ । इनरुवा नगर क्षेत्रभित्र रहेका दोभाषेहरुलाई नेपाली सांकेतिक भाषामार्फत बोल्नमा दक्ष बनाउनका लागि डेढ महिने तालिमबाट परिपक्क बनाउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

दोभाषेहरुलाई नेतृत्व विकास तालिम माफर्त सक्षम नागरिक बनाउनका लागि सहयोग पुग्ने समेत आयोजक संस्थाका अध्यक्ष मो.अरसद मियाँले जनाएका छन् । उनका अनुसार इनरुवा नगर क्षेत्रभित्र रहेका दोभाषे व्यक्तिहरुको नैसर्गिक अधिकारलाई प्रयोग गर्नका लागि तालिमले मदत पुग्नेछ ।

कार्यक्रममा प्रमुख अतिथि इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहले बहिरा हित तथा संरक्षण समाज इनरुवा सुनसरीले आयोजना गरेको तालिम र डेढ महिने नेपाली सांकेतिक भाषा तालिम आवश्यक रहेको बताए । दोभाषेहरुलाई उच्च शिक्षा हासिल गर्नुपर्नेमा उनले जोड दिदै दोभाषेहरुको समान सहभागिता हुनुपर्ने बताए ।

नेपाली कांग्रेस सुनसरीका सचिव समेत रहेका साहले इनरुवा नगरका नागरिक भएकाले बोल्न सक्ने जतिकै अधिकार उनीहरुको पनि भएकोले सम्वन्धित निकायमा अधिकारका लागि आवाज उठाउनुपर्ने बताए ।

प्रमुख अतिथि साहले कान नसुन्ने, बोल्न नसक्ने, दृष्टिबिहिन लगायतका व्यक्तिहरुलाई शिक्षा,स्वास्थ्य, संचार, रोजगारी, न्याय, राजनीति र सांस्कृति क्षेत्रमा पहुँच नरहेकोले अबका दिनमा यस क्षेत्रमा उनीहरुको समेत समान पहुँच हुनुपर्नेमा जोड दिए । उनीहरुलाई पनि रोजगारीको ग्यारेन्टी हुनुपर्ने र राज्यले भेदभाव नगरीकन सेवा सुविधाहरु उपलब्ध समयमै गराउनुपर्नेमा साहले जोड दिएका थिए ।

बहिरा हित तथा संरक्षण समाज इनरुवा सुनसरीको अध्यक्ष मो अरसद मियाँको अध्यक्षतामा सम्पन्न भएको सो तालिममा सुजिता शर्माले सहजीकरण गरेका थिए । इनरुवा नगरपालिकाका १ नम्बर वडाका वडाध्यक्ष रामचन्द्र पौदार तथा गोविन्द दाहालले उनीहरुको हकहितका लागि सबैले आवाज उठाउनुपर्नेमा जोड दिदै आफुहरुले सक्दो सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रम सफल बनाउन प्रमुख अतिथि, विशेष अतिथि लगायत अतिथिहरु, दोभाषे, कार्यक्रम सहभागीहरु र सम्पुर्ण सहयोगी मनहरुमा प्रत्यक्ष र अप्रत्यक्षरुप सहयोग गरेकोमा आयोजक संस्थाका अध्यक्ष मियाँले धन्यवाद ज्ञापन समेत गरेका छन् ।

Share50Tweet31SendScan
Previous Post

हिन्दु स्वंयसेवकद्वारा ९० जना बालबालिकालाई स्वीटर वितरण

Next Post

एउटै फिल्म छायांकनमा दुई युनिट १

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
एउटै फिल्म छायांकनमा दुई युनिट १

एउटै फिल्म छायांकनमा दुई युनिट १

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In