Sunday, April 19, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

७० औं भन्सार दिवसमा छलफल तथा अन्तरक्रिया सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ ११, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
७० औं भन्सार दिवसमा छलफल तथा अन्तरक्रिया सम्पन्न
49
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी भन्सार कार्यालयको आयोजनामा ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सुनसरी भन्सार कार्यालय सेतुवन्धको प्राङ्गणमा जनवरी २६ अर्थात माघ १२ गते मनाउने ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा मंगलवार नै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कोरोना महामारीलाई मध्यनजर गर्दै सुनसरी भन्सार कार्यालयले आफनो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै राजस्व संकलनमा बृद्धि गरेको बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक सुमन दाहालले कार्यालय व्यवस्थापनमा धेरै सुधार आएको बताए । कार्यालयले राजस्व समेत संकलन गर्नमा बृद्धि गरेको उनले बताए । भन्सार कार्यालयलाई बजार सहजीकरण गर्नका लागि मुख्य केन्द्रविन्दुको रुपमा लिएको उनको कथन छ । भन्सार कार्यालयलाई काम गर्नका लागि सहज हुने उद्देश्यले आइटी प्रणाली लागु गरिएको समेत उनको भनाई छ । भन्सार प्रशासनले क्यासलेस र पेपरलेस प्रणालीलाई लागु गर्नका लागि बिहिवार काठमाण्डौंमा उद्घाटन हुँदैछ उनले भने ।

त्यसैगरि राजस्व अनुसन्धान कार्यालयका प्रमुख तिर्थराज खनालले राजस्व चुहावट गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताए । ७० औं अन्तरराष्ट्रिय भन्सार दिवसको अवसरमा कार्यक्रमलाई सम्वोधन गर्दै खनालले राजस्व चुहावट गर्ने गिरोहलाई कानुनको दायरामा ल्याउन काम गरिरहेको बताए ।

सुनसरीको सीमावर्ती क्षेत्र लगायत अन्य ठाउँमाहरुमा सरकारलाई राजस्व नतिरी भन्सार छलि गरेर समानहरु भित्राउने काम भइरहेकोले यसलाई न्युनीकरण गर्नका लागि नागरिकको पनि दायित्व भएको उनले बताए । राजस्व छलि गरेर नेपाल भित्राउने गरेको समानहरु अर्थात भन्सार नकाटी अवैध रुपमा समानहरु भित्राउने गरेको सूचना नागरिकले दिए आफुहरुलाई राजस्व नियन्त्रण गर्न सहज हुने समेत उनले बताए ।

इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहको अध्यक्षतामा मंगलबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष साहले समापन कार्यक्रमलाई सम्वोधन गर्दै राजस्व कार्यालय र सुनसरी भन्सारले व्यापारीहरुको हकहितमा काम गर्न सुझाव दिएका थिए ।

नियमसंगत मिल्ने काम गरी व्यापारीहरुलाई सहज हुने गरि भन्सार कार्यालय सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनले बताए । व्यापारीले आयात गर्ने आलु र प्याजमा भन्सार कार्यालय सुनसरीले मुल्य भन्दा बढीको राजस्व लिने गरेको गुनासोलाई मध्यनजर गर्नका लागि भन्सार कार्यालय सुनसरीलाई उनले अनुरोध गरेको छ ।

खुला सीमाका कारण पूर्ण रूपमा तस्करी रोक्न सम्भव नभएपनि नियन्त्रण कार्यमा कटिबद्ध भएर लागेको प्रमुख भन्सार अधिकृत अर्जुनकुमार न्यौपानेले बताए । नेपाल भारतबीच रहेको खुला सीमाका कारण हुँदै आएको चोरीपैठारी नियन्त्रणमा भन्सारका कर्मचारीका साथै सुरक्षाकर्मी लागिपरेको बताउदै उनले चोरीपैठारी नियन्त्रणमा सबै तह र क्षेत्रबाट सहयोग आवश्यक रहेको समेत उनले बताए । त्यसैगरि चोरीपैठारी रोक्न सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार प्रशासनले थप निगरानी बढाउनुपर्नेमा वक्ताहरुले जोड दिए ।

खुला सीमा नाकाका कारण हुँदै आएको राजस्व चुहावटमा उल्लेख्य सुधार आएकोले राजस्व संकलन बढेको सुनसरी भन्सार कार्यालयले जनाएको छ । सुनसरी भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ५३ करोड ७६ लाख ४३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको साउनदेखि पुष महिनासम्म ३२ करोड ९२ लाख ७२ हजार राजस्व संकलन गरेको प्रमुख भन्सार अधिकृत न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सुनसरीको नाकाहुँदै भारतीय बजारबाट आलु,प्याज,चामल,धान, भुस, गहुँलगायतका कृषिजन्य वस्तु बढी मात्रामा आयात भएको देखिन्छ ।

कार्यक्रममा उद्योग वाणिज्य संघ लौकहीका अध्यक्ष विशेश्वरप्रसाद गुप्ता, प्लान्ट क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख हरि साह ,पशु क्वारेन्टाइन कार्यालय भण्टाबारीका प्रमुख सरीलाल चौधरी, सीमा प्रहरी चौकी भण्टाबारीका प्रमुख सई नागेश्वर थानदार,कोशी ब्यारेज प्रहरी प्रमुख सई निरोज कार्की, भन्सारका कर्मचारी,व्यवसायी, भन्सार एजेन्ट,संचारकर्मीलगायतको उपस्थिति रहेकोे थियो । छलफल तथा अन्तरक्रिया कार्यक्रम सुनसरी भन्सारका राजेन्द्र थापाले संचालन गरेका थिए ।

 

Share20Tweet12SendScan
Previous Post

दुर्घटना बीमा वापत पत्रकारलाई रकम हस्तान्तरण

Next Post

जिल्ला प्रशासन कार्यालय सुनसरीको सेवा बन्द

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी प्रशासनमा तालिकाअनुसार सेवा प्रवाह हुने

जिल्ला प्रशासन कार्यालय सुनसरीको सेवा बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In