गनेश कुमार यादव
इनरुवा । सुनसरीको इनरुवामा सहर्ष शंकर दुलालका जन्मोत्सवको अवसरमा निःशुल्क आँखा तथा स्त्रिरोग उपचार शिविर सम्पन्न भएको छ । इनरुवा–३ मा रहेको श्री जनता आधारभूत विद्यालयमा बिहीवार निःशुल्क आँखा तथा स्त्रिरोग उपचार शिविर सम्पन्न भएको हो ।
इनरुवा नगरपालिका वडा नं–३ घर भएका र हाल अमेरिकामा बस्दै आएका डा.हरिबंश दुलालका जेष्ठ सुपुत्र सहर्ष शंकर दुलालको छैंठो जन्मोत्सवको अवसरमा सो निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरेको सार्थक प्रयासका अध्यक्ष उत्तम चाम्लिङ्ग राईले जानकारी दिए ।
उक्त शिविरमा इनरुवाका करिव ३ सय १२ जना विपन्न तथा गरिवले सेवा पाएका छन् भने ५० जनाल निःशुल्क चश्मा समेत पाएका छन् । बाँकीले डाक्टरका सल्लाह अनुसार निःशुल्क औषधी पाएका छन् भने ३५ जनाले इटहरी आँखा अस्पतालमा निःशुल्क आँखाको शल्यक्रिया गराउने भएका छन् ।
त्यसैरी ६६ जनाले स्त्रिरोगको जाँच गराएका छन् भने शल्यक्रिया गर्नुपर्ने रागीलाई इनरुवा अस्पतालमा निःशुल्क शल्यक्रिया समेत गराइने राईले जनकारी दिए । बिहिबार बिहान १० बजे देशी साँझ पाँच बजे सम्म उक्त शिविर संचालन भएको थियो । सार्थक प्रयासको आयोजना र डा.हरिबंश दुलालको आर्थिक सहयोगमा सो निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भइको थियो ।
उक्त शिविरमा इनरुवा अस्पताल,इटहरी आँखा अस्पतालको प्राविधिक सहयोग ,इनरुवा इभेन्ट म्यानेज्मेन्ट र हाम्रो सहयात्रा मंचको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना भएको थियो । सो शिविरमा इनरुवा अस्पतालका मेसु डाक्टर देवराज घिमिरे सहित अन्य दश जना डाक्टरहरुले सेवा प्रवाह गरेका थिए ।