इनरुवा ।सुसरीकाे इनरुवा नगरपालिकाको कार्यालयले आर्थिक अवस्था कम्जाेर भएका पाँच परिवारका पाँचजनालाई बार्षिक रुपमा उच्च शिक्षा प्रदान गराउने भएको छ ।
इनरुवा नगरपालिकाले नगर क्षेत्र भित्र रहेका दलित, अति विपन्न परिवारका विद्यार्थीलाई उच्च शिक्षा अध्यक्षनकाे लागि छात्रबृत्ति प्रदान गर्ने भएकाे हो । इनरुवा नगरपालिकाले डक्टर, इन्जिनियर, नर्स लगायतका प्राविधिक विषयमा प्रत्येक वर्ष ५ जनालाई छात्रवृती उपलब्ध गराउने इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले जानकारी दिए ।
आर्थिक अवस्था कम्जोरका भएकाे कारणले आफ्नो बालबालिकाहरुलाई उच्च शिक्षा हाँसिल गराउनका लागि नसकेका परिवारका बालबालिकाहरुलाई डाक्टर, इन्जिनियर, नर्स लगायतका प्राविधिक विषयमा अध्यनअध्यापन गर्नका लागि नगरप्रमुख छात्रबृत्ति कार्यक्रम मार्फत छात्रबृत्ति प्रदान गर्ने इनरुवा नगरपालिकाका प्रमुख भण्डारीले जानकारी दिए । आर्थिक बर्ष २०७९/०८० मा नगर प्रमुख छात्रवृती कार्यक्रमका लागि इनरुवा नगरपालिकाले ४० लाख रुपैया बजेट विनियोजन गरेको छ ।
गौतमको ‘प्रेमकथा’ सार्वजनिक
सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...












