काठमाडौं । नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ ।
बिहीबार राष्ट्रियसभामा भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । त्यसपछि राष्ट्रियसभाले बहुमतले उक्त विधेयक पारित गरेको हो ।
यो विधेयकलाई प्रतिनिधिसभाले ६ साउनमा पारित गरेको थियो । यो विधेयक राष्ट्रियसभाले प्रतिनिधिसभामा नै पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयन हुनेछ ।
यो विधेयक पारित भएपछि जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तानले वंशजको नागरिकता पाउनेछन् । त्यस्तै बाबुको पहिचान हुन नसकेकाहरुले आमाको नामबाट पनि नागरिकता लिन पाउने भएका छन् ।
विधेयक पारित भएपछि गैर आवासीय नेपालीले राजनीतिक र प्रशासनिक अधिकारबाहेकको अधिकार पाउने गरी नागरिकता पाउनेछन्।श्रोत ः अनलाइनखबर